ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामबहादुर थापा, स्थिरताका लागि एमाले–माओवादी गठबन्धन बन्यो


एबीसी न्यूज
२५ फाल्गुन २०८०, शुक्रबार   २ : १४   बजे

काठमाडौं २५ फागुन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले राजनीतिक स्थिरताका लागि एमाले–माओवादी लगायत दलको गठबन्धन बनेको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना आज गरेको पत्रकार सम्मेलनमा थापाले हालको गठबन्धनबाट राजनीतिक स्थायित्व कायम हुने बताए ।

देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पुरा हुने उपाध्यक्ष थापाको दाबी छ ।

यसअघिको कांग्रेस–माओवादी गठबन्धन सरकारका अर्थमन्त्री डा। प्रकाशशरण महतले देशमा थप आर्थिक संकट निम्त्याएकाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर एमालेसँग सत्ता साझेदारी गरेको थापाको भनाइ छ । ढिलै भए पनि प्रधानमन्त्रीले एमालेसँगको गठबन्धनबाट देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने बुझेको बताएका थिए ।

कांग्रेसलाई पुँजीपतीको आरोप लगाउँदै थापाले गत वर्ष श्रमजीवीको गठबन्धन भत्काएको बताउँदै हाल पुरानै गठबन्धन बन्नु राजनीतिक रुपमा सफल भएको बताए । अहिलेको वाम गठबन्धन भत्काउन विभिन्न प्रयास हुने भन्दै उनले त्यसतर्फ सजग हुनुपर्ने बताए ।

आदिवासी लोकतान्त्रिक जतजाती महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनका लागि थापा गुल्मी आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव ल्याउन ढिलाइप्रति रास्वपा सांसदको आक्रोश

प्रतिनिधिसभाबाट खानी तथा खनिज पदार्थ विधेयक बहुमतले स्वीकृत

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu