ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुख जोशीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


admin
६ फाल्गुन २०७४, आइतबार   ६ : ४९   बजे

कैलाली, ६ फागुन । प्रदेश नं ७ को उपसभामुखमा निर्वाचित निर्मला बडाल (जोशी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

आज प्रदेश नं ७ को संसद् सभाहलमा बसेको संसद् बैठकमार्फत निर्विरोध निर्वाचित घोषणापछि सभामुख अर्जुनबहादुर थापाले जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

शनिबार वाम गठबन्धनका तर्फबाट उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकी जोशीलाई अन्य कसैको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । जोशी नेकपा (माओवादी केन्द्र)को तर्फबाट दार्चुलाबाट प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुभएको हो ।

मुख्यमन्त्रीसहित मन्त्रीद्वारा पदबहाली 

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसहित विभिन्न मन्त्रीले आज पदबहाली गर्नुभएको छ । मुख्यमन्त्री भट्टले धनगढीको रातोपुलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेसँगै अन्य मन्त्रीले पदबहाली गर्नुभएको हो ।

पद बहालीपछि मुख्यमन्त्री भट्टले प्रदेश नं ७ मा रहेको जल, जडीबुटी, कृषियोग्य जमिन, पर्यटकीय क्षेत्रलगायत विकासका सम्भावनाको उजागर गरी सुशासन तथा भ्रष्टाचार न्यूनीकरण गर्ने कार्य नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले विकासका यी सम्भावनालाई सदुपयोग गर्दै प्रदेश नं ७ लाई विकासमा १ नं प्रदेश बनाउनतर्फ आफू कटिबद्ध भएर लाग्ने बताउनुभयो ।

यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, भौतिक योजना तथा विकास मन्त्री पठानसिंह बोहरा, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा, सामाजिक विकास मन्त्री दीर्घ सोडारी, पर्यटन उद्योग, वन तथा वातावरण मन्त्री माया भट्ट र भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले पदबहाली गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुनरावेदन विचाराधीन हुँदासम्म उम्मेदवारी रोक्न मिल्दैन : सर्वोच्चको महत्वपूर्ण नजिर

आज विश्वासको मतअघि किरण थापालाई ‘बहुमतको परीक्षा’

सम्बन्धित

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिममा एक महिनामै लागुऔषधसहित १६० जना पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

सभामुखको निर्णयमाथि कमलबहादुर शाहको प्रश्न : ‘विश्वासको मत प्रभावित पार्न देउवालाई पदमुक्त गरियो’

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै, नाउपाका ६ सांसद अनुपस्थित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu