ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वविद्यालय ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरौँ : मन्त्री बस्नेत


एबीसी न्यूज
९ चैत्र २०८०, शुक्रबार   १ : ५७   बजे

काठमाडौं ९ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले क्याम्पस तथा विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

नवआगन्तुक विद्यार्थीको स्वागतमा अखिल ९क्रान्तिकारी० पाटन क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रममा उहाँले क्याम्पस र विश्वविद्यालयलाई ज्ञान प्राप्त गर्ने थलोमात्र सीमित नगरेर ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजान सक्नुपर्ने बताउनुभयो ।

“गौरवशाली इतिहास बोकेको यो क्याम्पसको आफ्नै महत्व छ । अहिलेका प्रधानमन्त्रीले विसं २०२८र२९ तीर यही क्याम्पसमा पढ्नुभएको थियो । उच्च शिक्षा हासिल गर्ने जिम्मेवारी पूरा गर्दै मुलुक र देशको भविष्य निर्माणका लागि क्रियाशील रहन विद्यार्थी भाइबहिनीमा आग्रह गर्दछु”, मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले मुलुकको स्वाभिमान र स्वाधीनताका लागि त्याग गर्ने सहिदको योगदानमा खडा भएको अखिल ९क्रान्तिकारी०ले मुलुकको राजनीतिक जीवनमा परिवर्तन ल्याउन सङ्घर्ष गरेको बताउनुभयो । मन्त्री बस्नेतले बदलिदो परिवेशसँगै इतिहास र आदर्शलाई मुलुकको आवश्यकता र सन्दर्भसँग जोडेर ज्ञान उत्पादनतर्फ लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

हरेक नागरिकले देशको भविष्यप्रति गर्व गर्ने अवस्था सिर्जना गर्दै राष्ट्रको विकासका लागि उच्च मनोबल र गौरवको सन्देश बोकेर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री बस्नेतले क्रान्ति सफल भएको दुई दशकमा नै सफलता हासिल भएन भनेर लिन नहुने बताउनुहुँदै सुशासन, सामाजिक न्यायसहितको विकासलाई पूरा गर्ने उद्देश्यसहित सरकार अगाडि बढिरहेको बताउनुभयो ।

नेपालमा ऊर्जा उत्पादनको एक सय १२ वर्ष पूरा भएको बताउनुहुँदै मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएर मन्त्रालय अगाडि बढिरहेको जानकारी दिनुभयो । “विसं १९६८ मा पहिलोपटक ऊर्जा उत्पादन सुरु भयो । त्यो बेलादेखि २०४६ सालसम्म ७८ वर्षको अवधि दुई सय ५० मेगावाट उत्पादन भएछ । विसं २०४८ देखि २०६२÷६३ सम्म २५० थप भई पाँच सय मेगावाट उत्पादन भएको देखिन्छ । विसं २०७२ सम्म ३०० मेगावाट र अहिले २९ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यो तथ्यले पनि देश उन्नतितर्फ गइरहेको देखाएको छ”, मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले १० वर्षमा गरिएको कामले मुलुकले सार्थकता प्राप्त गरिनसकेको भए पनि निरन्तरता जारी रहँदा त्यसले सार्थकता प्राप्त गर्ने बताउनुभयो । यो देशमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्ने उहाँको भनाइ छ ।

नेकपा माओवादी बागमती प्रदेशका अध्यक्ष एवं बागमती प्रदेश सदस्य सरल सहयात्रीले सानोभन्दा सानो काम गरेर पनि देशमा बाँच्न सकिन्छ भन्ने सन्देश विद्यार्थीले दिन सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले उक्त कुराबाट प्रेरित भएर उच्च शिक्षा हासिल गर्दै देशको अवस्था परिवर्तनमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

सहयात्रीले हरेक क्षेत्रबाट देशको विकासमा योगदान गर्न सक्नुपर्ने भन्दै हाम्रा पुर्खाले पाखोपखेरो खनेर बनाएको मुलुकको विकास र समृद्धिको लागि सबै क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । “पढ्दै नपढेको व्यक्तिले पनि लामो समय एउटा काममा निरन्तरता दियो भयो भने त्यो क्षेत्रमा विज्ञ हुन सकिन्छ”, उहाँले भन्नुभयो, “तसर्थ निरन्तर प्रयास, आत्मविश्वास र धैर्यतासहित अध्ययन वा आफूले गरिरहेको काममा लाग्नुपर्दछ ।”

कार्यक्रममा उपप्राध्यापक शारदा लामिछानेसहित अखिल ९क्रान्तिकारी०का केन्द्रीय पदाधिकारीले समेत मन्तव्य राख्नुभएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu