ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा अर्को महिनादेखि प्लास्टिकजन्य प्रतिबन्ध


एबीसी न्यूज
९ चैत्र २०८०, शुक्रबार   २ : ५६   बजे

काठमाडौं ९ चैत । हङकङले अर्को महिनादेखि प्लास्टिकजन्य प्रतिबन्ध लगाउँदै छ। योसँगै रेस्टुराँहरुले स्टिरोफोम कन्टेनर ९खाना राख्न प्रयोग गरिने प्लास्टिकका वस्तु०, प्रयोगपछि फ्याँकिने प्लास्टिकका चम्चालगायत, प्लास्टिकका प्लेट, तरल पिउँदा प्रयोग गरिने स्ट्रलगायत पाउनेछैनन्।

यी सबै रेस्टुराँमा बसेर खाने वा खाना घरमै लैजानेका लागि प्रयोग हुने प्लास्टिकका वस्तुहरु हुन्।

त्यस्तै क्याटरिङ व्यवसायमा समेत प्लास्टिकका कप र बक्स प्रयोगमा प्रतिबन्ध लाग्नेछ। त्यतिमात्र नभई ग्लो स्टिक, थन्डर स्टिक्स, प्लास्टिकयुक्त कटनबडहरु समेत बेच्न निषेध गरिनेछ।

उक्त प्रतिबन्धले हङकङमा प्लास्टिकजन्य प्रयोगलाई निरुत्साहन गर्ने देखिएको छ। प्लास्टिकले मात्रै बनेका वस्तुको प्रयोग नहुँदा कागज, काठ र बाँसका वैकल्पिक वस्तुको प्रयोग र व्यवसाय बढ्ने देखिएको छ।

कतिपय अनलाइन शपिङहरुले प्लास्टिकजन्य वस्तुको बिक्री छाडिसकेको समेत देखिएको छ।

प्रतिबन्ध उल्लंघन गर्ने व्यवसायलाई १ लाख हङकङ डलरसम्मको जरिवाना तोकिएको छ। यसबाहेक निश्चित दण्ड जरिवाना प्रणाली समेत लागू गरिने बताइएको छ। यसअनुसार क्याटरिङ तथा खुद्रा बिक्रेतालाई प्रतिबन्ध उल्लंघन गरेको पाइए २ हजार एचके डलर जरिवाना हुन सक्नेछ।

अप्रिल २२ मा कार्यान्वयनमा आउने उक्त प्रतिबन्धको ग्रेस अवधि ६ महिना राखिएको छ। ग्रेस अवधिमा उल्लंघन गर्नेलाई सुरुमा सम्झाइबुझाइ गर्ने र बारम्बार दोहोर्याए दण्डित गर्न सकिने सरकारी अधिकारीहरुले चेतावनी दिइसकेका छन्। एससीएमपीबाट।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षा थिएन, तर आयो विनाशकारी बाढी : ‘हिमपहिरो–भूकम्प–प्राकृतिक बाँध’को रहस्य खोज्दै वैज्ञानिक

भोटेकोसी बाढी : प्रभावित स्थानीय तह तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu