ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐन महर राजीनामा दिएको एक महिनामै एमालेको केन्द्रीय सदस्यमा फर्किए


एबीसी न्यूज
११ चैत्र २०८०, आइतबार   ४ : ३८   बजे

काठमाडौं ११ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले फेरि पुरानै जिम्मेवारी पाएका छन्। गत फागुन ३ गते बसेको एमाले सचिवालय बैठकले महरले केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको थियो।

तर आइतबार बसेको एमाले सचिवालय बैठकले महरलाई फेरि केन्द्रीय सदस्यमा फर्काउने निर्णय गरेको हो।  एमालेले फागुन ३ मा उनीसहित सिराज अहमद फारूकीको पनि राजीनामा स्वीकृत गरेको थियो। फारूकीले २०७९ को चुनावमा समानुपातिक सांसद बनाइदिने भन्दै १५ लाख रुपैयाँ लिएको आरोप लागेको थियो।

उता २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रतिस्पर्धा गरेका महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने महरले राजीनामा दिएको कारण गत फागुनमा खुलाइएको थिएन तर उनी र एकजना युवतीको नाममा सामाजिक सञ्जालमा विवादित अडिओ र भिडिओ भाइरल भएका थिए।

एमालेनिकट अनेरास्ववियुको अध्यक्षसमेत भइसकेका महरलाई उक्त अडिओ र भिडिओका कारण केन्द्रीय सदस्यबाट राजीनामा दिन लगाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिनियाँ दूतावासको स्पष्टीकरण, ‘पूर्वसूचना नदिएको आरोप तथ्यहीन’

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu