ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भर्सेस बहराइन- प्रतिस्पर्धात्मक खेलको अपेक्षा


एबीसी न्यूज
१३ चैत्र २०८०, मंगलबार   १ : १४   बजे

काठमाडौं १३ चैत । मनामा बहराइन  फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत आज नेपाल र बहराइनबीच दोस्रो खेल हुँदैछ । खेल स्थानीय समयअनुसार राति १० बजे नेपाली समय अनुसार मध्यराति पौने १ बजे० बहराइनको रिफास्थित नेशनल स्टेडियममा सुरू हुनेछ ।

समूह ‘एच’ मा रहेका यी दुई टोली एक सातामा दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । दशरथ रंगशालामा होम म्याच खेल्नुपर्ने नेपालले मैदानको अवस्था खेल्नलायक नभएपछि पहिलो लेगको खेल बहराइनमै आएर खेलेको थियो । पहिलो खेलमा फराकिलो जित निकालेको बहराइन उच्च मनोबलमा छ ।

अगाडिको खेलको नतिजाभन्दा पनि आजको खेलमा केन्द्रित हुने दुवै टिमका प्रशिक्षकले बताएका छन् । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनलाई कडा टक्कर दिने बताएका छन् । ‘हामी खेलको लागि तयार छौं । बहराइनी टिममा धेरै अन्तर्राष्ट्रिय खेल खेलिसकेका अनुभवी खेलाडीहरू छन् । तर हामी कडा टक्कर दिनेछौं ।’ एनेसले प्रि–म्याच कन्फेरेन्समा भने ।

पछिल्लो खेलमा घाइते भएका नेपालका फरवार्ड अन्जन विष्ट खेल्न नसक्ने भएको र टिममा केही परिवर्तन हुने उनले बताए । ‘केही खेलाडी परिवर्तन हुन्छन् । पछिल्लो खेलमा अन्जन घाइते भए ।’ अन्जन नहुँदा नयाँ खेलाडीलाई पनि अनुभव बटुल्ने मौका हुने एनेसले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी जिनपिङ भारत आउने सम्भावना, ४०० सदस्यीय टोलीको तयारी

शिक्षक भर्ती परीक्षा एकै चरणमा गर्न माग गर्दै बिहारमा विद्यार्थी आन्दोलन उग्र, प्रहरीको पानीको फोहरा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

चीन र भारतबीच सीमा वार्ता जारी

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu