ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्दै, एशियाबाट भने नदेखिने


एबीसी न्यूज
२६ चैत्र २०८०, सोमबार   १० : २४   बजे

काठमाडौ २६ चैत । आज उत्तर अमेरिकाको म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्दैछ । दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्ने भएकाले त्यस क्षेत्रका मानिसले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने छन् । नेपाल र एशियाका अरु देशबाट भने यसपालि खग्रास सूर्यग्रहण देखिने छैन ।सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ ।

खग्रास ग्रहणका समयमा केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट आकाश पूरै अँध्यारो हुन्छ र रात परे जस्तो देखिन्छ । आज खग्रास सूर्यग्रहण प्रशान्त महासागरमा शुरु हुने बीबीसीले जनाएको छ ।पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा सूर्य र पृथ्वीको बीचमा पुगेको अवस्थामा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकिदिन्छ र त्यसको छायाँ पृथ्वीमा पर्छ ।

चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी तीनवटै सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ ।नासाका अनुसार ‘खगोलीय संयोगका कारण मात्र खग्रास सूर्यग्रहण सम्भव’ हुन्छ । किनभने सूर्य चन्द्रमाभन्दा ४ सय गुना ठूलो हुनुका साथै दूरीका हिसाबमा ४ सय गुणा टाढा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group