ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले बालुवाटारमा झलनाथसामु गरेका ३ संकेत


एबीसी न्यूज
४ बैशाख २०८१, मंगलबार   १ : ४१   बजे

काठमाडौं ४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहानै बालुवाटारमा नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालसँग कुराकानी गरे।

त्यस क्रममा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनकै घटकबीच उत्पन्न बेमेल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चाल्न खोजेको कदमका विषयमा छलफल भएको थियो।

त्यस क्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा मुख्यतः तीनवटा संकेत गरेका छन्।

१। सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई बनाउन आफू तयार रहेको बताएका छन्। एकीकृत समाजवादीको मुख्यमन्त्री हुँदा आफूलाई कुनै आपत्ति नरहेको उनको भनाइ थियो।

सात प्रदेशमध्ये कुनै एउटामा दिने सहमति गठबन्धनमा भइसकेकाले पनि एकीकृत समाजवादीको अडान स्वाभाविक रहेको प्रचण्डको भनाइ थियो। त्यसैले गठबन्धनमा फाटो आउने गरी कुनै कदम नचाल्न उनले खनाललाई आग्रह गरेका थिए। सहज अंकगणित नभएकाले मात्र नागरिक उन्मुक्ति पार्टी ९नाउपा०लाई दिनुपरेको उनको प्रस्टीकरण थियो। तर, त्यसमा अझै पुनःविचार गर्न सकिने संकेत प्रचण्डले गरे।

नाउपाबिना सरकार बन्न नसक्ने जटिल अवस्थाबारे पनि उनले सम्झाएका थिए।

एमाले ९१००, माओवादी ९१००, एकीकृत समाजवादी ९४० र स्वतन्त्र ९१० एक ठाउँमा हुँदा पनि २ जना अपुग हुन्छ। नाउपामा रञ्जिता श्रेष्ठ पक्षधर २ सांसद भएकाले सरकार बनाउन सकिने एमाले(माओवादी गठबन्धनको आकलन छ।

एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले कांग्रेससँग मिलेर रेशम नाउपाको रेशम चौधरी पक्षलाई समर्थन गरेपछि एमाले(माओवादी गठबन्धन संकटमा परेको छ।

२। समाजवादीका उम्मेदवारप्रति ओलीको आपत्ति
सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीका दाबेदार एवं संसदीय दलका नेता दीर्घ सोडारीप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट रहेको र ओलीले नै नमानेका कारण पनि विकल्प खोज्नुपरेको प्रचण्डको भनाइ थियो।

यदि एकीकृत समाजवादीले वैकल्पिक उम्मेदवार अगाडि सारेमा ‘ओलीजी र एमालेका प्रदेशका साथीहरू’लाई पनि मनाउन सकिने प्रचण्डको भनाइ थियो।

सोडारीका केही आचरणगत पक्ष र राज्यका विभिन्न निकायले अनुसन्धान गरिरहेको कारण मुख्यमन्त्री बनाउन नसकिने भनेर ओलीले नै अडान लिएको जानकारी पनि प्रचण्डले खनाललाई दिएका थिए।

विश्वस्त स्रोतका अनुसार, सोडारीसहित उनका परिवारका केही सदस्यको बैंक खाता समेत रोक्का छ।

३। कांग्रेस–एमाले मिल्न सक्छन्
प्रधानमन्त्री प्रचण्डले हालको सत्ता गठबन्धनको विकल्पमा कांग्रेस र एमाले छलफलमै रहेको भन्दै जुनसुकै बेला मिल्न सक्ने आभास पाएको संकेत गरेका छन्।

‘कांग्रेस र एमाले मिलिहालेमा पनि म प्रतिपक्षमा बस्न तयार छु,’ खनालसँगको कुराकानीका क्रममा प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदि प्रतिपक्षमा बस्ने अवस्था आए पनि तपाईँ–हामी एक ठाउँ नै हुनुपर्छ। अहिले नै यताउता गर्ने कुरा नगर्नुहोस्। माधवजीलाई पनि मनाउनुहोस्।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu