ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि सेवा आयोग सदस्यमा ८ प्राध्यापकको प्रतिस्पर्धा


एबीसी न्यूज
४ बैशाख २०८१, मंगलबार   १ : ४४   बजे

काठमाडौं ४ बैशाख । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य बन्न आवेदन दिएका मध्ये ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले कार्ययोजना सहितको सोचपत्र प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उनीहरुलाई आउँदो शुक्रबार र शनिबार शिक्षा मन्त्रालयमा डाकेको छ ।

त्रिवि सेवा आयोग सदस्यमा ८ प्राध्यापकको प्रतिस्पर्धा
सहकुलपति तथा शिक्षामन्त्री सुमना श्रेष्ठ अध्यक्षताको समितिको सिफारिसको आधारमा कुलपति तथा प्रधानमन्त्रीले आयोगको सदस्य नियुक्ति गर्ने व्यवस्था छ । आयोगको अध्यक्षमा गत भदौमा प्रा।डा घनश्याम भट्टराई नियुक्त भएका थिए ।

सदस्यका लागि प्रा।डाहरू खगेन्द्रप्रसाद लुईंटेल, राजनारायण यादव, मुकुन्दप्रसाद क्षेत्री, लालप्रसाद अम्गाईं, सञ्जय आचार्य, अजय भट्टराई, ज्ञानबहादुर थापा र नवराज कट्टेलको दरखास्त समितिले स्वीकृत गरेको जनाएको छ । सदस्य सिफारिसका लागि समितिले आवेदन माग गरेको थियो । प्रस्तुतीकरण, अन्तर्वार्ता र सिफारिसपछि उनीहरुमध्ये एकजना सदस्य नियुक्त हुनेछन् । त्रिविमा शिक्षक तथा कर्मचारीहरुको नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्न ३ सदस्यीय आयोग हुने व्यवस्था छ । आयोगको अध्यक्ष र एक सदस्य कुलपतिले नियुक्त गर्छन् भने एक सदस्य लोक सेवा आयोगका सदस्यबाट चयन गरिन्छ । कुलपतिबाट नियुक्त अध्यक्ष र सदस्यको पदावधि ३ वर्षको हुने व्यवस्था छ । सदस्य पद गत मंसिरदेखि रिक्त छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu