ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा समाजवादीको समर्थन फिर्ता


एबीसी न्यूज
४ बैशाख २०८१, मंगलबार   ५ : ००   बजे

काठमाडौं ४ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन नेकपा ९एकीकृत समाजवादी० ले मङ्गलबार फिर्ता लिएको छ ।

एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश प्रमुख नाजिर मियालाई भेटेर लक्ष्मणकिशोरलाई मुख्यमन्त्रीको दाबेदारीमा समर्थन फिर्ता लिनुभएको हो ।

सङ्घीय सरकारको समीकरणअनुसार नै जाने गरेर प्रदेश सरकार बनाउन सोडारीले मुख्यमन्त्रीका दावेदारीका लागि दिएको समर्थन फिर्ता लिनुभएको हो । समर्थन फिर्ता लिएको कुरा प्रदेश प्रमुखको कार्यालयका निमित्तसचिव शैलेश ढुङ्गानाले बताउनुभयो ।

एकीकृत समाजवादीले मुख्यमन्त्री पदमा गरेको दाबीका लागि दिएको समर्थनले प्रदेश सरकार बनाउन आवश्यक प्रदेश सभा सदस्यको संख्या पुग्ने भएको थियो । तर सङ्घीय सत्ता समीकरणको दबाब खेप्न नसकेपछि सो दलले मुख्यमन्त्री पदमा दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।

लक्ष्मणकिशोर नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी निकट हुनुहुन्छ । उन्मुक्तीका अध्यक्ष रञ्जिता श्रेष्ठले सोही पार्टीका कैलाश चौधरीलाई उम्मेदवारी दिन लगाउनुभएको छ । चौधरीलाई नेकपा ९एमाले० को १०, नेकपा ९माओवादी केन्द्र० को १०, स्वतन्त्र एक र उन्मुक्तिका दुई जनाको समर्थनमा मुख्यमन्त्रीका दावेदारीका लागि अगाडि सार्नुभएको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने अवस्था आएपछि चैत २२ गते पदबाट राजीनामा गर्नुभएको थियो । त्यसपछि प्रदेश प्रमुख मियाँले चैत २३ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबेदारी गर्न १० दिनको समयसीमा दिनुभएको थियो । वैशाख २ गते उन्मुक्तीका दुई जनाले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नु भएको थियो ।

अब लक्ष्मणकिशोर र कैलाश दुबै जनाले मुख्यमन्त्रीका दाबेदारीका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन पाउन नसक्ने भएपछि फेरि प्रदेश प्रमुख मियाले अर्को आह्वान गर्नुहुने बताइएको छ ।

उहाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबेदारी गर्न आह्वान गर्ने अनुमान गरिएको छ । अब नेकपा ९एमाले० को १०, नेकपा ९माओवादी केन्द्र० १०, स्वतन्त्रका एक र उन्मुक्तिका दुई र आफ्नो ४ सहित एकीकृत समाजवादीले नै मुख्यमन्त्रीमा दाबी गर्ने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu