ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकालाई ‘सीमा ननाघ्न’ चीनको चेतावनी : एन्टोनी ब्लिन्केनको चीन भ्रमण


एबीसी न्यूज
१५ बैशाख २०८१, शनिबार   ९ : ३७   बजे

काठमाडौ १५ बैशाख । चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएको छ । भेटमा अमेरिका र चीनबीचको मतभेदलाई जिम्मेवार ढंगले व्यवस्थापन गर्नुपर्ने विषय प्राथमिकतामा परेको छ ।

चिनियाँ राष्ट्रपतिले अमेरिका र चीन प्रतिस्पर्धी नभइ साझेदार हुनुपर्नेमा जोड दिनुभएको खबरमा उल्लेख छ ।बेइजिङमा राष्ट्रपति सीसँगको भेटअघि चीनका विदेशमन्त्री वाङ यीसँग पनि ब्लिन्केनको भेटवार्ता भएको थियो । चीन–अमेरिका दुई देशको सम्बन्ध अहिले स्थिर रहेको र थप बिग्रन नदिनेबारे उहाँहरुबीच छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।चिनियाँ विदेशमन्त्री वाङले चीनको दृष्टिकोण, अडान र आवश्यकता सँधै एकसमान रहेको बताउनुभयो ।

उनले आफ्ना अमेरिकी समकक्षी ब्लिन्केनलाई चीनको मामिलामा अमेरिकाले ‘सीमा नाघ्न नहुने’ बताएको बीबीसीले उल्लेख गरेको छ । चीन र अमेरिकाबिच अहिले पनि विभिन्न विषयमा तनाव कायमै छ ।
अमेरिकी संसद्ले चिनियाँ स्वामित्व रहेको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने कानुन पारित गरेको केही दिनमै उहाँले बेइजिङको भ्रमण गर्नुभएको हो । अमेरिकी विदेशमन्त्री ब्लिन्केन एक वर्षभित्र दोस्रो पटक तीन दिने भ्रमणका क्रममा चीन पुग्नुभएको हो ।औपचारिक भेटघाटपछि ब्लिन्केनले यदि चीनले युक्रेनमा आक्रमण गर्न प्रयोग हुने वस्तु रुसलाई आपूर्ति गर्न नरोके अमेरिकाले कदम चाल्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको दाबी : भदौ २३–२४ को आन्दोलन ‘हुल्लडबाजीमार्फत सत्ता कब्जा गर्ने प्रयास’

गण्डकी मेडिकल कलेजका इन्टर्न चिकित्सक र अस्पतालबीच २ बुँदे सहमति, आन्दोलन फिर्ता

सम्बन्धित

इजरायली सेनाको दाबी– हेजबुल्लाहका ‘बद्र युनिट’का वरिष्ठ कमान्डर मारिए

इन्टर मिलानले जेड स्पेन्सलाई टोटनहमबाट भित्र्यायो

भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

पीएसजीले फेरान टोरेसलाई ५० मिलियन युरोमा अनुबन्ध गर्‍यो

तीन इरानी पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी, दोहाद्वारा अस्वीकार

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ४७ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu