ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन इरानी पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी, दोहाद्वारा अस्वीकार


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ९ : ३५   बजे

तेहरान । इरानले आफ्ना तीन जना पाइलट कतारको हिरासतमा रहेको दाबी गरेको छ। इरानी सशस्त्र बलका जनरल स्टाफअन्तर्गत बेपत्ता व्यक्तिको खोजी समितिका प्रमुख ब्रिगेडियर जनरल मोहम्मद बाकरजादेहले उनीहरूलाई कतारी सेनाले नियन्त्रणमा लिएको दाबी गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)सँग अवस्थाबारे स्पष्ट पार्न सहयोग गर्न आग्रह गरेका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार बाकरजादेहले आईसीआरसीकी अध्यक्ष मारियाना स्पोल्यारिकलाई पठाएको पत्रमा मार्च २ मा कतारस्थित ‘शत्रु सैन्य अड्डा’लाई लक्षित गरी दुईवटा सुखोई–२४ लडाकु विमान पठाइएको उल्लेख गरेका छन्।

उनका अनुसार सैन्य अभियान पूरा गरेर फर्किने क्रममा ती विमानमाथि आक्रमण भएको थियो। घटनामा चार जना इरानी पाइलटको मृत्यु भएको इरानको दाबी छ।

मृतकमध्ये माजिद काजेमीको शव पछि इरान ल्याइएको थियो। उनको अगस्ट २९ मा सिराजमा अन्त्येष्टि गरिएको बताइएको छ। बाँकी तीन पाइलट—जावाद सालेही, अब्दुलमाजिद दस्तियन र इमरान बहरुसियान—लाई भने कतारी सेनाले नियन्त्रणमा राखेको बाकरजादेहले दाबी गरेका छन्।

कतारद्वारा दाबी अस्वीकार

कतारले भने इरानको दाबी अस्वीकार गरेको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले क्षेत्रीय तनाव कम गर्न कूटनीतिक प्रयास भइरहेका बेला यस्ता ‘भ्रामक दाबी’ सार्वजनिक हुनुमा आश्चर्य व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै अल–अन्सारीले मार्चमा कतारी हवाई क्षेत्र उल्लंघन भएपछि कतारले इरानी पाइलटहरूसँग सम्पर्क गरेको र उनीहरूको उडान मार्गबारे जानकारी लिएको बताएका छन्।

उनका अनुसार पाइलटहरूले सन्देशको जवाफ नदिएपछि कतारले द्वन्द्वका नियम तथा अन्तर्राष्ट्रिय कानुनअनुसार आत्मरक्षाका लागि कारबाही गरेको थियो।

अल–अन्सारीले त्यसपछि कतारी उद्धार टोलीले बेपत्ता पाइलटहरूको खोजी अभियान सञ्चालन गरेको दाबी गरेका छन्। खोजीका क्रममा एक पाइलटको शव फेला परेको र त्यसलाई इरानलाई हस्तान्तरण गर्न तेहरानसँग सम्पर्क गरिएको उनले बताएका छन्।

यस घटनाबारे इरान र कतारका दाबी परस्पर विरोधी देखिएका छन्। इरानले तीन पाइलट कतारको हिरासतमा रहेको दाबी गरिरहेको छ भने कतारले त्यस्तो कुनै हिरासत नरहेको संकेत गर्दै घटनालाई हवाई क्षेत्र उल्लंघन र त्यसपछिको उद्धार अभियानका रूपमा व्याख्या गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ४७ जनाको मृत्यु

दक्षिण कोरियाले उत्तरसँग युद्ध अन्त्य गर्न वार्ताको प्रस्ताव राख्यो

इजरायल चुनावमा नेतन्याहुलाई आइजेनकोटको चुनौती, सर्वेक्षणमा चार सिटले पछाडि

तीन इरानी पाइलटलाई कतारले बन्दी बनाएको इरानको आरोप, दोहाको खण्डन

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu