ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ४७ जनाको मृत्यु


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ९ : २५   बजे

काठमाडौं । इन्डोनेसियाको फ्लोरेस टापुको तटीय क्षेत्रमा शनिबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ।

भूकम्पपछि दिनभर २३० भन्दा बढी पराकम्प गएका छन्। तीमध्ये सबैभन्दा शक्तिशाली पराकम्प ६.२ म्याग्निच्युडको रहेको बताइएको छ। लगातारका पराकम्पका कारण स्थानीयवासी त्रसित भएका छन् भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार शनिबार पश्चिमी सुमात्रा टापुमा पनि ६.९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। उक्त भूकम्प १७२.५ किलोमिटर गहिराइमा गएकाले त्यसबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।

सुनामीको चेतावनी हटाइयो

शक्तिशाली भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो। नागेकेओ क्षेत्रमा समुद्रको पानीको तरंग तीन फिटसम्म माथि उठेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ लागेका थिए।

केही घण्टापछि सुनामीको चेतावनी हटाइए पनि अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई अझै सतर्क रहन र सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन्।

सयौँ घरमा क्षति

इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख लेफ्टिनेन्ट जनरल सुहार्यान्टोका अनुसार भूकम्पबाट कम्तीमा १५७ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने करिब २०० घरमा आंशिक क्षति पुगेको छ।

भूकम्पको केन्द्रविन्दु नजिक रहेको नागेकेओ क्षेत्रमा करिब दुई हजार स्थानीयवासी घर छाडेर अस्थायी आश्रयस्थलमा पुगेका छन्।

प्रभावित क्षेत्रमा राहत सामग्री पठाउनुका साथै उद्धार टोली परिचालन गरिएको छ। सरकारले प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

तीन इरानी पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी, दोहाद्वारा अस्वीकार

दक्षिण कोरियाले उत्तरसँग युद्ध अन्त्य गर्न वार्ताको प्रस्ताव राख्यो

इजरायल चुनावमा नेतन्याहुलाई आइजेनकोटको चुनौती, सर्वेक्षणमा चार सिटले पछाडि

तीन इरानी पाइलटलाई कतारले बन्दी बनाएको इरानको आरोप, दोहाको खण्डन

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu