ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ११ : ४५   बजे

काठमाडौं । भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन भएको छ।

लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित ९० वर्षीय धौभडेलको क्यानाडाको क्यालगरीमा निधन भएको हो। अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई छोरी निशाको घरमा राखिएको थियो। सोही क्रममा उनको निधन भएको ज्वाइँ ज्योति वैद्यले जानकारी दिएका छन्।

धौभडेलका चार छोरीमध्ये तीन जना क्यानाडा र एक जना अमेरिकामा बस्दै आएका छन्।

भारतका लागि राजदूत

नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले धौभडेललाई २०५१ माघ १८ गते भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो।

राजदूतका रूपमा उनले नेपाल–भारत द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ।

शिक्षा र पारिवारिक पृष्ठभूमि

प्रा. धौभडेलले संयुक्त राज्य अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका थिए।

भक्तपुर पुर्ख्यौली घर भएका धौभडेलको जन्म १९९२ फागुनमा सिराहामा भएको थियो। उनका हजुरबुबा शंकरदास रोजगारीका क्रममा सिराहा पुगेपछि परिवार तराई क्षेत्रमा बसोबास गर्न थालेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईंको घरमा प्रहरी पुगेको परिवारको दाबी, प्रहरी अधिकारी भन्छन्– जानकारी छैन

उच्च अदालत बार पाटनको अध्यक्षमा पीपीएलएका सेवन्तराज निरौला विजयी

सम्बन्धित

इन्टर मिलानले जेड स्पेन्सलाई टोटनहमबाट भित्र्यायो

पीएसजीले फेरान टोरेसलाई ५० मिलियन युरोमा अनुबन्ध गर्‍यो

तीन इरानी पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी, दोहाद्वारा अस्वीकार

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ४७ जनाको मृत्यु

दक्षिण कोरियाले उत्तरसँग युद्ध अन्त्य गर्न वार्ताको प्रस्ताव राख्यो

इजरायल चुनावमा नेतन्याहुलाई आइजेनकोटको चुनौती, सर्वेक्षणमा चार सिटले पछाडि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu