ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फेक न्युज’ उत्पादन गरेर मिडिया र न्यायाधीशबारे भ्रम फैलाउने कुचेष्टा’ : मिडिया सोसाइटी


एबीसी न्यूज
१५ बैशाख २०८१, शनिबार   ६ : ५७   बजे

काठमाडौं १५ बैशाख ।   नेपाल मिडिया सोसाइटीले नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला एक न्यायाधीशलाई समेत बद्नाम गर्ने कुत्सित उद्देश्यका साथ कलाविहीन ‘फेक न्युज’ उत्पादन गरेर भ्रम फैलाउने कुचेष्टा गरेको भन्दै त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले शनिबार विज्ञप्ति जारी गर्दै जिम्मेवार मिडिया संस्थाका बारेमा भ्रम फैलाउने त्यस्तो कुचेष्टाले आफूहरुलाई गम्भीर बनाएको बताएका छन् ।

शुक्रबार सिधाकुरा डटकम अनलाइनबाट ‘भ्रष्टाचारका चार सय मुद्दा डिसमिस गर्न सर्वोच्चका न्यायाधीशसहित डिल’ शीर्षकमा अडियो सामाग्री प्रकाशित भएको थियो । सोसाइटीले सो यूट्युब भिडियोमार्फत् लोकतान्त्रिक संरचना, स्वतन्त्र मिडिया तथा न्यायपालिकामाथि आक्रमण गर्ने, जिम्मेवार नागरिक संस्थाहरुको बद्नाम गर्ने र अराजक उत्तेजित भीडको शासन लाद्ने दूषित प्रयास भइरहेको टिप्पणी गरेको छ ।

‘एक अमूक युट्युव च्यानलमा नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला एक न्यायाधीशलाई समेत बद्नाम गर्ने कुत्सित उद्धेश्यका साथ विना कुनै तथ्य र प्रमाणका आधारमा आग्रहपूर्ण अभिनय गरिएको घटनालाई कानुनको पालना गराउने निकायहरुले तत्काल कारबाही गर्नुपर्दछ, यस प्रकारका गैरजिम्मेवार र नियोजित ‘फेक खुराक’ उत्पादन गर्ने कारखानाहरु मिडिया हुन नसक्ने तथ्यलाई स्पष्ट गर्नु आवश्यक छ,’ सोसाइटीका अध्यक्ष कँडेलले विज्ञप्तिमार्फत् भनेका छन्, ‘यस्ता खालका फेक कारखानाका पछाडि र ‘हेट स्पिच‘को वर्गमा पर्ने क्रियाकलापलाई सरकारले तत्कालै कारबाहीको दायरामा ल्याउन समेत हामी जोडदार माग गर्दछौं ।’ सोसल मिडियाको चरम दुरुपयोग गर्ने, प्रविधिलाई निहित उद्धेश्यका लागि प्रयोग गरेर गलत सूचना फैलाउने तथा आम जनता र सिंगो समाजलाई नै गैरजिम्मेवार भीडमा बदल्ने कुचेष्टाका बारेमा विश्वभरि अन्तराष्ट्रिय मिडिया संस्था, युनेस्को र संयुक्त राष्ट्रसंघले समेत लगातारजस्तै गरी चिन्ता जाहेर गरेको भन्दै अध्यक्ष कँडेलले नेपालमा पनि त्यस्तै प्रयास भइरहेको भनेका छन् । ‘विश्वभर प्रविधिको चरम दुरुपयोग गरेर लोकतान्त्रिक संरचना र स्वतन्त्र मिडिया तथा न्यायपालिकामाथि आक्रमण गर्ने, जिम्मेवार नागरिक संस्थाहरुको बद्नाम गरेर अराजक र उत्तेजित भीडको शासन लाद्ने दूषित हावा चलिरहेको छ । त्यसकै पछिल्लो घटनाका रुपमा शुक्रबार एक यूट्युब भिडियोले कलाविहीन ‘फेक न्युज’ उत्पादन गरेर नेपाली मिडिया जगत र स्थापित तथा जिम्मेवार मिडिया संस्थाका बारेमा भ्रम फैलाउने कुचेष्टाको समाचारले हामीलाई गम्भीर बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

उनले अभिव्यक्ति स्वतन्त्रताका नाममा सामाजिक मूल्य, मान्यता र जिम्मेवारीलाई पूर्णतः वेवास्ता गरेर सोसल मिडियामा भइरहेको गालीगलौज, अल्पसंख्यक तथा महिलाद्धेषी दुर्भावाना र धार्मिक उन्माद जस्ता प्रवृत्ति बढ्दै गइरहेकोप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । ‘पछिल्लो समय नेपालमा भ्रष्टाचार विरुद्धका केही घटना तथा बेथिति र विकृतिको भण्डाफोरका सन्दर्भमा नेपाली जिम्मेवार मूलप्रवाहको मिडियाले अग्रणी भूमिका खेल्दै आएका कारण स्वार्थ समूह र राज्य संयन्त्रको दुरुपयोग गर्नेहरु अत्तालिंदै आएको सर्वविदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विषयमा जो कसैका बारेमा ९मिडिया संस्था र पत्रकार समेत० तथ्यसहित समाचार बन्न सक्छन्, बन्नु पनि पर्छ । तर कुनै रिस साध्न वा अरुलाई पनि आफू जस्तै त हो नि भन्ने भाष्य तयार गर्न कुनै अनलाइन वा सोसल मिडियाको दुरुपयोग हुनु आफैमा डरलाग्दो प्रवृत्ति हो । यस्तो रबैयालाई समयमा नै नरोकिएमा भविष्यमा यस्ता घटनाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने निश्चित छ ।’ सोसाइटीले कुनै पनि कुरा सोसल मिडियाका भित्तोमा पोतिएका कुरा वा प्रविधिको छिद्र प्रयोग गरेर बनाइएका अमूक अनलाइन डोमेन र तिनका सामाग्री समाचार र सही सूचना हुन नसक्ने दाबी गरेको छ ।

‘जिम्मेवारी विनाको कुनै पनि कुरा लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुनसक्दैन भन्ने वास्ताविकतालाई नेपाल सरकार र कानुन पालना गराउने निकायहरुले समेत आत्मसात गर्न आवश्यक छ,’ विज्ञप्तिमार्फत् अध्यक्ष कँडेलले भनेका छन्, ‘पछिल्लो फेक अडियो प्रकरण विगत केही समयदेखि लगातार नेपाली मिडिया, पत्रकार र न्यायालयमाथि खुलेआम हुने गरेका आक्रमण, धम्की र अवाञ्छित अभिव्यक्तिको नियोजित सिलसिला हो । यो फेक अडियो प्रकरण एक कलाविहीन फेक खुराकको तमासा भन्दा बढी केही होइन भन्ने स्पष्ट छ ।’ उनले त्यो कुरालाई प्रेस काउन्सिलले गरेको निर्देशनले समेत स्पष्ट पारेको दाबी गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group