ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता


एबीसी न्यूज
१७ बैशाख २०८१, सोमबार   २ : १८   बजे

काठमाडौं १७ बैशाख । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका र निर्माण कम्पनीबिच सोमबार नगरपालिकाको कार्यालयमा सम्झौता गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदी र निर्माण कम्पनी बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौंका प्रतिनिधी जेभिन विक्रम शाहीबीच सम्झौता गरिएको हो ।

यस मार्गमा बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अँधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती० १० दशमलव ५५ किलोमिटर कालोपत्र गरिने नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । कृषि उपजलाई बजार सम्म लैजान र सो क्षेत्रका बासिन्दालाई, हिलो, धुलो र खाल्टाखुल्टी नभएको यात्रा सहज बनाउन कालोपत्र गर्न लागिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

विश्व बैंकको अनुदान सहयोगमा व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागिएको नगरपालिकाले जनाएको छ । मूल्य अभिवृद्धि कर ९भ्याट०सहित रु ५२ करोड ७८ हजार ३० हजार चार सय ४७ मा विद्युतीय बोलपत्र भएकोमा सो कम्पनीले मूल्य अभिवृद्धि कर ९भ्याट०सहित रु ४० करोड ८० लाखमा उक्त निर्माण गर्न कम्पनीले ठेक्का लिएको छ ।

विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको नगरपालिको जनाएको छ । नगरपालिकाका अनुसार बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकन पश्चात् उक्त आयोजना छनोट गरेको हो ।

छनोट पश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी टेण्डर प्रक्रियाअघि बढाएको थियो । अब चाँडै नै पक्की नाहाला सहितको कालोपत्रको काम गरिने सम्झौता कार्यक्रममा जानकारी दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group