ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगको विकास नभई अर्थतन्त्र स्वाधीन हुँदैन : मुख्यमन्त्री अधिकारी


एबीसी न्यूज
१९ बैशाख २०८१, बुधबार   ४ : ४५   बजे

काठमाडौं १९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले परनिर्भर र आयातमुखी अर्थतन्त्रलाई नबदली समृद्ध देश बन्न नसक्ने औँल्याउनुभएको छ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेश पोखराले बुधबार आयोजना गरेको कार्यक्रममा अधिकारीले विभिन्न चरणका आन्दोलन र परिवर्तनले अधिकार ऐनमा आए पनि कार्यान्वयन गर्न बाँकी नै रहेको बताउनुभयो।

“जबसम्म उद्योग फस्टाउन सक्दैन, तबसम्म रोजगारी प्राप्त हुन सक्दैन। देशको स्वाधीन अर्थतन्त्र निर्माण हुन सक्दैन,’ उहाँले भन्नुभयो। श्रम क्षेत्रबाट प्राप्त भएका सुझावलाई व्यवस्थित ढङ्गले सूत्रबद्ध गर्दै काम गर्ने उहाँको वाचा छ।

सभामा मुख्यमन्त्री अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्नेमा जोड दिनुभयो। १३५ औँ श्रमिक दिवसको अवसरमा भएको कार्यक्रममा उहाँले श्रमको सम्मान नगर्नेहरू असभ्य मानिने उल्लेख गर्नुभयो। “श्रमबाट नै राष्ट्रिय पुँजी निर्माण हुन्छ। रगत र पसिनाको गन्ध जुन माटोमा बग्छ, त्यो माटो सुगन्धित हुन्छ,” उहाँले भन्नुभयो।

श्रमिक वर्गको हक, हितका लागि ऐन, कानुन निर्माण भए पनि कार्यान्वयनका लागि रोजगारदाता र श्रमिक दुवैले पहल गर्नुपर्नेमा उहाँको जोड छ। गण्डकी प्रदेश सरकार ‘समृद्ध प्रदेश, खुसी प्रदेशवासी’ बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको उहाँको भनाइ छ।

सभाअघि भएको र्‍यालीमा मुख्यमन्त्री अधिकारी, नेपाली कांग्रेस गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्मा, नेकपा ९माओवादी केन्द्र० गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस उपाध्यक्ष राधिका कुइँकेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ उपाध्यक्ष सोमबहादुर थापा, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्री र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी सदस्य रुद्र गौतम लगायत सहभागी हुनुहुन्थ्यो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group