ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस स्वतन्त्रताविनाको राजनीतिक अधिकार अपूर्ण : सञ्चारमन्त्री शर्मा


एबीसी न्यूज
२४ बैशाख २०८१, सोमबार   ४ : ०९   बजे

काठमाडौं २४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक अधिकारविना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताविनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नवौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा मन्त्री शर्माले राजनीतिक अधिकार र प्रेस स्वतन्त्रताको अधिकार सँगसँगै अघि बढ्ने भएकाले हिजोका ठूलाठूला राजनीतिक परिवर्तनका सङ्घर्षमा नेपालको पत्रकारिता क्षेत्रले परिवर्तनको महत्वपूर्ण हिस्साका रुपमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नभयो । उहाँले भन्नुभयो, “अब राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक छ ।”

नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन आरम्भ भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । यो वर्ष हामी ‘सूचनामा नागरिकको पहुँच र अधिकार, जवाफदेही पत्रकारिता सुरक्षित पत्रकार’ भन्ने मूल नारासहित राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ ।

नेपाली पत्रकारिताको समीक्षा गर्दै आगामी बाटो अझै सहज र फराकिलो बनाउन आज महत्त्वपूर्ण दिन भएको मन्त्री शर्माको भनाइ थियो । आजभन्दा १२३ वर्ष पहिले विसं १९५८ वैशाख २४ गते नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाश आरम्भ भएको थियो ।

सरकारी तहबाट समाचारमूलक पत्रिका प्रकाशन हुन थालेको लामो समय भए पनि निजी क्षेत्रबाट भने विसं २००७ को क्रान्तिपछि सञ्चारमाध्यम प्रकाशनरप्रसारण हुन थालेका हुन् । मन्त्री शर्माले विसं २००७ को क्रान्तिकै बिचबाट रेडियो नेपालले प्रसारण आरम्भ गरेको भन्दै प्रजातन्त्रको आगमनसँगै निजी क्षेत्रका पत्रपत्रिका पनि प्रकाशन हुन थालेका बताउनुभयो ।

“प्रजातन्त्रसँगै पत्रकारिता पनि फस्टाउन खोजिरहेकै बेला पञ्चायती व्यवस्थाका कारण पुनःप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको जगजाहेर नै छ”, उहाँले भन्नुभयो, “पञ्चायतको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौँ । विभिन्न राजनीतिक आन्दोलनका बेलामा जनतामा जागरण ल्याउन पत्रकारिता क्षेत्रले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको छ ।”

प्रेस स्वतन्त्रतालाई थप सुनिश्चित गर्नेगरी विगत एक वर्षदेखि सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको मन्त्री शर्माले जानकारी गराउनुभयो । “सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरुको प्रत्यक्ष संलग्नता र राय सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आमनागरिकको रायसुझाव लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ”,उहाँले भन्नुभयो ।

आमसञ्चार क्षेत्रको स्वनियमन प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसदमा दर्ता भएको बताउँदै मन्त्री शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेस हुने प्रक्रियामा रहेको जानकारी गराउनुभयो । “त्यस्तै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषदमा पेस हुने तयारीमा छ”, उहाँले भन्नुभयो, “छाता कानुनका रुपमा आमसञ्चार ऐन बनाएर सङ्घीयताको मर्मअनुसार नेपाली सञ्चार क्षेत्रलाई प्रवर्द्धन र व्यवस्थापन गर्ने सरकारको उद्देश्य रहेको छ ।”

यही ऐनअन्तर्गत बन्ने आमसञ्चार प्रतिष्ठानमार्फत सञ्चारमाध्यमको प्रवर्द्धन र व्यवस्थापन, श्रमजीवी पत्रकारको पेसागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालनलगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोच रहेको मन्त्री शर्माले बताउनुभयो । सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई थप स्वायत्त र प्रभावकारी बनाउने उद्देश्यले अघि बढाइएको सार्वजनिक मिडियासम्बन्धी विधेयक प्रतिनिधिसभाको विषयगत समितिमा छलफलका क्रममा छ ।

सञ्चारमाध्यमको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धनलाई सँगसँगै अघि बढाउन सरकारले निरन्तर काम गरिरहेको बताउँदै मन्त्री शर्माले सञ्चारमाध्यमको सबलीकरणमै सहयोग पुगोस् भनेर गत वर्ष मात्रै विज्ञापन नियमावली संशोधन गरिएको जानकारी दिनुभयो । समग्र विज्ञापन क्षेत्रमा सुधार ल्याउने गरी विज्ञापन नीति तर्जुमाको काम पनि भइरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पत्रकारिता क्षेत्रलाई अझ सुदृढ र सबल बनाउन आजको दिनले थप ऊर्जा दिने उल्लेख गर्दै यस अभियानमा सरकारका तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल र वरिष्ठ पत्रकारिता पुरस्कारबाट पुरस्कृत प्रतीक प्रधानले समग्र समाजको हितका लागि सञ्चारमाध्यमले खेलेको भूमिका र महत्वका बारेमा चर्चा गर्दै सूचना प्रविधिको विकाससँगै सञ्चारक्षेत्रमा देखिएका चुनौतीका बारेमा चर्चा गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार सम्मान २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल ९मरणोपरान्त० लाई तथा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानीसिंह ऐर, दीपक ज्ञवाली, तृप्ति शाही र प्रेमबहादुर कार्की ढोली ९राजन केडी० लाई पुरस्कृत गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group