ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा सहायता आपूर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्लुएचओ प्रमुखको आग्रह


एबीसी न्यूज
९ जेष्ठ २०८१, बुधबार   १२ : २८   बजे

काठमाडौं ९ जेठ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ० का प्रमुख टेड्रोस एधानोम घेब्रेयसले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गर्नुभएको छ । उहाँले गाजाको युद्ध क्षेत्रमा करिब सात सयजना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो ।

इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमाक्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपतकालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइनसमेत काटिएको डब्ल्यूएचओका महानिर्देशक घेब्रेयसले जेनेभामा पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

गाजामा कहालीलाग्दो अवस्था रहेको बताउँदै गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले यहाँको चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको टेड्रोसले उल्लेख गर्नुभयो ।

उत्तरी गाजामा दुईवटा मात्र अस्पतालहरूले सेवा प्रवाह गरिरहेको तर उक्त सेवा अपुग देखिएकोले स्वास्थ्य सेवाहरू प्रदान गर्ने वातावरण बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने डब्लुएचओ प्रमुख घेब्रेयसले बताउनुभयो ।

उहाँले राष्ट्रङ्घीयको स्वास्थ्य निकायले गाजामा थप सहायता प्रवाह नगरी अस्पताल र जनसङ्ख्यालाई जीवन बचाउने सहयोग कायम राख्न नसकेकोमा पनि दुःख व्यक्त गर्नुभयो ।

डब्ल्युएचओ र यसका साझेदारहरूले पछिल्लो समयमा अस्पतालमा थोरै मात्रामा इन्धन पुर्‍याउन सफल भएका छन् । गाजामा स्वास्थ्य सेवा सञ्चालनका लागि ठूलो मात्रामा इन्धनको आवश्यकता रहेको तर प्रत्येक दिन आवश्यक पर्ने इन्धनभन्दा निकैै कम मात्र आपूर्ति हुने गरेको उहाँले बताउनुभयो । राससरसिन्ह्वा

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सम्बन्धित

इरानका करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकी दबाब र धम्कीबाट सम्झौता कार्यान्वयन जटिल हुने इरानी राष्ट्रपति पेजेस्कियानको भनाइ

अमेरिकाले दुई लाखसम्म बी१/बी२ भिसा रद्द गर्ने तयारी, शरण माग्नेहरू लक्षित

इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा छोराको हत्या प्रयासको दाबी

पाकिस्तानी जेलमा रहेका आफ्ना पूर्वपति इमरानका लागि जेमिमाले गुहारिन् बेलायत

फारसको खाडीमा तनाव चर्किँदा चीनको आग्रह– ‘सकेसम्म चाँडो वार्तामा फर्कनुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu