ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीका स्थानीय तहमध्ये बुटवल बेरुजुमा अगाडि


एबीसी न्यूज
१६ जेष्ठ २०८१, बुधबार   १२ : ५५   बजे

काठमाडौं १६ जेठ । लुम्बिनी प्रदेशका ४ उपमहानगरमध्ये सबैभन्दा धेरै बेरुजु बुटवलको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैै बुटवल उपमहानगरको बेरुजु १८ करोड एक लाख १६ हजार रुपैयाँ देखाएको हो ।

बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९र८० को ४ अर्ब ४६ करोड ३० लाख ३६ हजार रुपैयाँको लेखा परीक्षण गर्दा कूल रकमको ४।०४ प्रतिशत बेरुजु देखिएको महालेखाले जनाएको छ ।

दोस्रो धेरै बेरुजु नेपालगन्ज उपमहानगरको रहेको छ । नेपालगञ्जको ४।०२ प्रतिशत बेरुजु छ । ४ अर्ब १२ करोड ६६ लाख ५२ हजार रुपैयाँंको लेखा परीक्षण हुँदा १६ करोड ५७ लाख ५२ हजार रुपैयाँ बेरुजू देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै तुल्सीपुर उपमहानगरको बेरुजु ३।१६ प्रतिशत छ । ४ अर्ब १९ करोड ६७ लाख २७ हजार रुपैयाँको लेखा परीक्षण हुँदा १३ करोड २४ लाख ७१ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

 

यस्तै सबैभन्दा कम बेरुजु घोराही उपमहानगरपालिकाको छ । घोराहीको बेरुजु २।६८ प्रतिशत छ । ४ उपमहानगरमध्ये सबैभन्दा धेरै ५ अर्ब ३ करोड ९५ लाख ५२ हजार रुपैयाँको लेखा परीक्षण हुँदा १३ करोड ४९ लाख एक हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

रुपन्देहीका १६ पालिकाको बेरुजुमा पनि बुटवल अगाडि

रुपन्देहीका १६ स्थानीय तहमा पनि सबैभन्दा धेरै बेरुजु रकम बुटवलकै छ । प्रतिशतका हिसाबले रोहिणी गाउंपालिकाको सबैभन्दा बढी ५।०६ प्रतिशत र सिद्धार्थनगर नगरपालिकाको ४।४८ प्रतिशत बेरुजु देखिएपनि रकमका हिसाबले बुटवलको बेरुजु रकम जिल्लामै बढी हो ।

रुपन्देहीका १६ पालिकाको कूल बेरुजु रकम ८७ करोड, ७० लाख, ५१ हजार रुपैयाँमध्ये बुटवलको मात्रै १८ करोड एक लाख १६ हजार रुपैयाँ छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिकाको १।४१ प्रतिशत, देवदह नगरपालिकाको २।२०, लुम्बिनी सांस्कृतिक नगरपालिकाको ३।०७ र सैनामैना नगरपालिकाको १।५० प्रतिशत बेरुजु देखिएको छ ।

गाउँपालिकातर्फ ओमसतियाको १।८७ प्रतिशत, कन्चनको १।२२, कोटहीमाईको ३।४८, गैडहवाको २।४३, मर्चवारीको २।६७ , मायादेवीको २।६७, सम्मरीमाईको ४।०२, सियारीको १।७५ र शुद्धोधन गाउपालिकाको २।४५ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

बजेट योजना कार्यान्वयन, राजश्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, संस्थान सञ्चालन तथा व्यवस्थापन, लेखांकन प्रतिवेदन तथा आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा नियमन, वित्तीय संघीयता कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार व्यक्ति तथा संस्थाले जवाफदेहिता बोध नगर्ने र आर्थिक अनुशासनमा नरही लापरबाही तरिकाले बजेट खर्च तथा रकम परिचालन गर्दा बेरुजु बढ्ने अर्थविद्हरूको भनाइ छ ।

बेरुजु देखिनु भ्रष्टाचार र अनियमितता नै नभएपनि बढी बेरुजु देखिनु सुशासनका दृष्टिले बिसंगति र बेथिति भएको उनीहरुको भनाइ छ ।

२०७९ को स्थानीय तह निर्वाचनबाट बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय प्रमुखमा तथा एमालेकी सावित्रादेवी अर्याल उपप्रमुखमा निर्वाचित भएका थिए ।

नगर कार्यपालिकामा नेपाली कांग्रेसकै बहुमत छ । यद्यपि, मिलाप नहुँदा प्रमुख प्रशासकीय अधिकृतहरु लामो अवधि टिक्न सकेका छैनन् । बहुमतको आडमा बजेट वितरण र खर्च गर्दा बेरुजु रकम धेरै भएको उपमहानगरकै कर्मचारीहरु बताउँछन् ।

अख्तियारमा उजुरी

चालु आर्थिक वर्षमा पनि सार्वजनिक खरिद नियमावली विपरित टेण्डरबिनै २५ लाख रुपैयाँ लागतको सडक निर्माणको ठेक्का लगाएको, विज्ञापनका नाममा लाखौं रकम फजुल खर्च गरेको भन्दै नगर प्रमुख पाण्डेयविरुद्ध अख्तियारमा उजुरी पनि परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकारी भेषराज रिजालले प्राप्त उजुरीका आधारमा रकम सार्वजनिक खरिद ऐनविपरीतको ठेक्कालगायत अन्य उजुरीबारे अनुसन्धान भइरहेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर सार्वजनिक खरिद ऐन विपरीत आफूखुसी बिना कुनै प्रस्तिपर्धा ठेकेदार भिमलाल बस्याललाई सडक निर्माणको जिम्मा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group