ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज


एबीसी न्यूज
२१ जेष्ठ २०८१, सोमबार   १२ : १०   बजे

काठमाडौं २१ जेठ । कोशी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले अपराह्न ४ बजे प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने तय भएको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिनुभयो ।

यसैबिच आजको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । यसअघिका बैठकमा नेपाली कांग्रेस अनुपस्थित रहँदै आएको थियो । प्रदेश प्रमुखले संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेसले सदनमा उपस्थिति जनाइरहेको थिएन ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बसेको बैठकयता प्रदेश सभामा कांग्रेसले उपस्थिति जनाएको छैन । मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनको फैसला आएपछि मात्र प्रदेश सभा बैठकमा उपस्थित हुने बताउँदै आएको कांग्रेस आजको बैठकमा भने सहभागी हुने भएको हो ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुखयमन्त्री उद्धव थापाले आजदेखिको बैठकमा आफ्नो दल सहभागी हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group