ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढीगंगामा तीन वर्षदेखि अलपत्र बेलिब्रिज


एबीसी न्यूज
२१ जेष्ठ २०८१, सोमबार   २ : ११   बजे

काठमाडौं २१ जेठ । बाजुराको बडिमालिका नगरपालिकाअन्तर्गत साँफे–मार्तडी सडक खण्डको जडाङ्गमा रहेको बेलिब्रिज नदीमै थन्किएको छ । पक्की पुल निर्माण भएको तीन वर्ष पुग्न लाग्दासम्म पनि अन्य ठाउँमा सार्न पहल नहुँदा नदीमै पुल थन्किएको हो ।

जडाङ्गको बूढीगंगा नदीमा दुईवटा गाडी गुड्ने पुल छन् । तर जिल्लाका अरू सडकखण्डमा भने एउटा पुल पनि निर्माण हुन सकेको छैन । बाजुराको मार्तडी–कोल्टी सडकखण्डका तीन ठूला नदी र काँडा–आटिचौर–मार्तडी जोडने सडक खण्डको भौनेरामा पुल निर्माण नहुँदा वर्षातमा यातायात पूर्ण रूपमा ठप्प हुन्छ ।

जिल्ला तहमा बेलिब्रिज अर्को ठाउँमा सारिनुपर्ने स्थानीयले माग राखे पनि अन्यत्र लैजाने अहिलेसम्म कुनै योजना बनेको छैन । उक्त पुल सडक विभागको हो । सडक विभागसँग कता सार्ने भन्ने ठोस योजना नहुँदा बेलिब्रिज नदीमै थन्किएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । अन्यत्र सारेको भए त्यहाँका बासिन्दा लाभान्वित हुने थिए भन्दै उनले आफ्नो ठाउँबाट यसका लागि पहल भइरहेको बताए ।

 

बेलिब्रिज सार्न जिल्लास्तरमा पटकपटक सर्वदलीय बैठक बसे पनि प्रदेश र संघबाट बजेट व्यवस्थापन भएको छैन । जडाङ्गमाको बूढीगंगा नदीमा २५ साउन २०७७ मा आएको बाढीले बेलिब्रिज बगाएको थियो । लगत्तै सडक विभागले तत्काल ठेक्का खोलेर सोही वर्षको माघ महिनादेखि बेलिब्रिज सञ्चालनमा ल्याएको थियो । यो पुल सञ्चालनमा आएको १ वर्षपछि खोलामा पक्की पुन निर्माण सम्पन्न भएको थियो ।

जडाङ्गमा तत्कालीन समयमा सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानदीेखि निर्माणका लागि १ करोड ८८ लाखमा ठेक्का आह्वान गरेर काम गरेको थियो । सडक डिभिजन कार्यालय साँफेबगरका एक कर्मचारीले भने बेलिब्रिज कता लैजाने भन्ने कुनै निर्णय नभएको बताए । उनले भने, ‘केन्द्रबाट कुनै निर्देशन आएको छैन ।’

बाजुराका धेरै नदीमा यस्तो पुल आवश्यक छ । मार्तडी कोल्टी सडकअन्तर्गत अनाइखोलाले एक वर्ष पहिला ट्याक्टर बगाउँदा चालक हालसम्म पनि बेपत्ता छन् । खोलामा पुल नहुँदा रातिको समयमा ट्याक्टर तार्न खोज्दा बाढीले बगाएको थियो ।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्काले भने बूढीगंगा नदीमा रहेको बेलिब्रिज अन्यत्र सार्न पहल भइरहेको बताए । उनले भने, ‘तर संघीय सरकारको बेलिब्रिज भएकाले सडक विभागले निर्णय गर्न नसक्दा यो अलपत्र हुन पुगेको छ ।’

बेलिब्रिज निर्माणदेखि स्थापना सम्ममा १० करोडभन्दा बढी खर्च हुने विभागको भनाइ छ । यसरी करोडौं रुपैयाँ पर्ने बेलिब्रिज अहिले प्रयोगहीन अवस्थामा छ । यसलाई अन्यत्र सार्नेमा कसैको ध्यान नगएको स्थानीयको भनाइ छ । बाजुराबाट निर्वाचित संघीय र प्रदेश सांसदले यसलाई अन्यत्र सार्न पहल गरिरहेको बताए पनि कार्यान्वयन हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group