ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले कोशी कटानसम्बन्धी समस्याको दिगो समाधान खोज्नुपर्छ : सांसद कार्की


एबीसी न्यूज
२३ जेष्ठ २०८१, बुधबार   १ : १४   बजे

काठमाडौं २३ जेठ । नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

वर्षातमा कोशी कटानका कारण स्थानीय जनताले ठुलो कष्ट हरेक वर्ष व्यहोर्नु परेको उल्लेख गर्नुहुँदै उहाँले ती समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको हो । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद कार्कीले सुनसरीको टप्पुगैरिया, माझीटोल, सिसौली, जलाल, पुल्ठेगौठा, जब्दी, ठाकुरबारी, राजाबास आदि ठाउँका जनताहरू कोशी कटानबाट सधैँ पीडामा बस्नु परेकाले पनि सरकारले सो समस्याको समाधानमा विशेष पहल लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘वर्षा सुरु हुनासाथ सुनसरी जिल्लाको वाराह क्षेत्र नगरपालिकाको खास गरेर टप्पुगैरिया, माझीटोल, सिसौली, जलाल, पुल्ठेगौठा, जब्दी, ठाकुरबारी, राजाबास आदि ठाउँका जनताहरू कोशी कटानबाट उत्पन्न हुने खतराबाट सधैँ त्रसित भएर बस्नुपरेको छ । विगतको वर्षमा पनि कोशी कटानबाट त्यहाँका जनताले असैह्य पीडा भोग्नु परेको अवस्था छ । तसर्थ, म सरकारसँग सभामुखमार्फत त्यो कोशी कटानको स्थायी समाधानका निमित्त सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’’

सांसद कार्कीले वर्षातमा हुने कुनैपनि विपद् तत्काल व्यवस्थापनका लागि सरकारले आवश्यक तयारीको कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group