ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम झुकाव राख्ने वातावरण वैज्ञानिक मेक्सिकोकी प्रथम महिला राष्ट्रपतिका चुनौती


रोमेरो
२९ जेष्ठ २०८१, मंगलबार   १० : ३७   बजे

राष्ट्रपति निर्वाचित सेनबाउमले राष्ट्रपति लोपेज ओब्राडोरको नीतिबाट प्रभावित ध्रुवीकृत राष्ट्रलाई शासन गर्ने चुनौती सामना गर्नुपर्नेछ

मेक्सिकोमा महिलाले मतदान गर्ने अधिकार पाएको करिब ७० वर्षपछि मेक्सिकोले पहिलो महिला राष्ट्रपति पाएको छ । मेक्सिको सिटीकी पूर्वमेयर एवं ऊर्जा इन्जिनियरिङमा विद्यावारिधि गरेकी क्लाउडिया सेनबाउम क्याथोलिक बाहुल्य राष्ट्रको नेतृत्व गर्ने पहिलो यहुदी पनि हुन् । मुख्यतया दुई महिला उम्मेदवारबीच प्रतिस्पर्धा भएको चुनावमा वामपन्थी गठबन्धन ‘लेट्स किप मेकिङ हिस्ट्री’ (मोरेना, ग्रिन पार्टी र लेबर पार्टीको गठबन्धन) को प्रतिनिधित्व गर्ने सेनबाउम अग्रपंक्तिमा आएकी छिन् । उनकी मुख्य प्रतिद्वन्द्वी सोचिल गाल्भेज आधिकारिक मतगणनामा करिब ३० प्रतिशतले पछाडि परेकी थिइन् । उनले ‘स्ट्रेन्थ एन्ड हर्ट मेक्सिको’ गठबन्धन अर्थात् पिआरआई, प्यान र पिआरडी गठबन्धनको प्रतिनिधित्व गरेकी थिइन् ।

यो मेक्सिकोको सबैभन्दा ठूलो चुनाव थियो । नौ करोड ८० लाखभन्दा बढी सूचीकृत मतदाता र करिब २० हजार पदमा राष्ट्रपति, कंग्रेसका दुवै सदन र हजारौँ स्थानीय सिटसहित प्रतिस्पर्धा भएको थियो । र, मेक्सिकोको यो सबैभन्दा हिंसात्मक चुनाव पनि थियो, जसमा ३० भन्दा बढी नेता मारिए । नयाँ राष्ट्रपतिले दुई ठूला चुनौतीको सामना गर्नुपर्नेछ– व्यापक हिंसा एवं बढ्दो सैन्यकरणलाई सम्बोधन गर्ने र कार्यकारी शक्तिमा नियन्त्रण एवं सन्तुलनको बिग्रिएको अवस्थामा व्यापक सुधार ल्याउने । उनका राजनीतिक गुरु एवं वर्तमान राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरले उल्लिखित पहिलो समस्या समाधान गरेनन् र दोस्रोलाई थप बल्झाए ।

एक लोकप्रियातावादी नेता : गाल्भेजको पराजय आंशिक रूपमा पिआरआई, प्यान, पिआरडीको बिग्रिएको प्रतिष्ठाको कारण हो र यी पार्टी मेक्सिकोको सन् १९८८ देखि २०१८ सम्मको लोकतान्त्रिक संक्रमणसँग जोडिएका छन् । यस अवधिमा स्वतन्त्र चुनावी अभ्यासका लागि नयाँ कानुन बनाइए । तर, कमजोर राजनीतिक नेतृत्व र बढ्दो असमानताले लोकतन्त्र प्रभावित हुन पुग्यो । यसबाहेक बिग्रँदो लागुपदार्थविरुद्धको युद्धको समयमा कानुन प्रवर्तनमा बढेको सैन्य संलग्नताले अभूतपूर्व हिंसा निम्त्यायो ।

दुई असफल चुनावी अभियानपछि सन् २०१८ मा निर्वाचित ओब्राडोरले चुनावमा धाँधली भएको आरोप लगाउँदै आफ्नो सन् २००६ को पराजयलाई कहिल्यै स्वीकार गरेनन् । उनले २०१२ को चुनावमा पनि धाँधली भएको दाबी गरे । उनले आफ्नो शासनलाई मेक्सिकोको ‘चौथो रूपान्तरण’को संज्ञा दिएका थिए ।

ओब्राडोरले मेक्सिकोको लोकतान्त्रिक संक्रमणका उपलब्धिलाई नवउदारवादी नीति र भ्रष्टाचारले चिन्हित विश्वासघातका रूपमा हेर्छन् । यसविरुद्ध कानुन भए पनि उनले बारम्बार प्रतिपक्षको निन्दा गर्दै आएका छन् । ६५ प्रतिशत अनुमोदन मूल्यांकनसाथ धेरै मेक्सिकनले छात्रवृत्ति र निम्न आय भएका बासिन्दालाई निवृत्तिभरणजस्ता आर्थिक र सामाजिक कार्यक्रम सफल रूपमा हेर्छन् । उनको लोकप्रियताले सेनबाउमको चुनावी अभियानलाई फाइदा पु¥यायो । तर, उनको प्रभावले अब सेनबाउमको सरकारलाई ओझेलमा पार्नेछ ।

थप सैन्यकृत समाज : सन् २०१८ सम्म करिब दुई लाख २७ हजार मेक्सिकन पूर्वराष्ट्रपति फेलिपे काल्डेरोनले सुरु गरेको लागुपदार्थविरुद्धको युद्धका कारण मारिए । ओब्राडोरले ‘गोली होइन, अँगालो’को पैरवी गर्दै पहरेदारीबाट सेनालाई फिर्ता गर्ने वाचा गरे पनि उनले संघीय प्रहरीलाई नेसनल गार्डमा प्रतिस्थापन गरे, जसमा ठूलो मात्रामा सैन्य कर्मचारी थिए र यसलाई राष्ट्रपतिद्वारा प्रत्यक्ष नियन्त्रित राष्ट्रिय रक्षा सचिवालय (सेडेना) अन्तर्गत राख्न जोड गरियो ।

ओब्राडोरले भ्रष्टाचार र निष्पक्ष सुनुवाइविनाकै मृत्युदण्डको आरोपका बाबजुद सेनाले बफादारी र इमानदारीको प्रत्याभूति गरेको दाबी गर्छन् । गत ६ वर्षमा मेक्सिकोमा हिंसा निकै बढेको छ, जसमा सन् २०१८ देखि २०२३ बीच पाँच हजार स्त्रीहत्यासहित एक लाख ७१ हजारभन्दा बढी हत्या भएका छन् । त्यसैगरी सन् २०१८ देखि ५० हजारभन्दा बढी मेक्सिकन बेपत्ता भएका छन्  सेनबाउमले सेडेनामा नेसनल गार्ड संलग्न गर्ने ओब्राडोरको योजनालाई निरन्तरता दिने वाचा गरेकी छिन् ।

शक्तिको केन्द्रीकरण : लोपेज ओब्राडोरले राष्ट्रपतिमा शक्ति केन्द्रित गर्दै आएका थिए । उनको दोस्रो कार्यकालमा विपक्षीले उनको विधायकीय पहलमा समर्थन जनाएनन् । सत्तारुढ गुट र साना दलको समर्थनमा विपक्षीलाई उपेक्षा गर्दै नियम परिवर्तन गरिएका थिए । जसलाई पछि सर्वोच्च अदालतले अमान्य घोषणा ग¥यो । राष्ट्रिय निर्वाचन प्राधिकरणको विधायकीय सुधारले ओब्राडोरको मोरेना पार्टीसँग सम्बद्ध अधिकारीलाई ठूलो अधिकार दिएको आलोचकहरूले तर्क गर्छन् ।

५ फेब्रुअरीमा मेक्सिकन संविधानको वार्षिकोत्सवका अवसरमा राष्ट्रपतिले न्यायपालिकाको संरचना परिवर्तन गर्न कंग्रेसमा संवैधानिक सुधारको प्रस्ताव गरेका थिए । कंग्रेससँग आवश्यक बहुमतको अभाव भए पनि ओब्राडोरले सुधार लागू गर्ने बताएका थिए, जसलाई सेनबाउमले लागू गर्ने वाचा गरेकी छिन् ।

आशाको पुनस्र्थापना : हालैको चुनावमा लेटिसिया हिडाल्गोले आफ्नो बेपत्ता छोरालाई राष्ट्रपतिका रूपमा मतदान गरेकी थिइन् । उनका छोरालाई सन् २०११ मा प्रहरीले बेपत्ता पारेको थियो । हिडाल्गोजस्ता कैयौँले मेक्सिकोमा बेपत्ताको मुद्दालाई जोड दिन चुनावको समयमा आफ्ना परिजनलाई मतदान गरेर विरोध जनाएका थिए । सेनबाउमले ओब्राडोरको नीतिबाट प्रभावित ध्रुवीकृत राष्ट्रलाई शासन गर्ने चुनौतीको सामना गर्नुपर्नेछ । उनले आफ्ना समर्थक र स्वतन्त्रता, समानता एवं शान्ति खोज्ने हिडाल्गोजस्ता असन्तुष्टका लागि शासन गर्नुपर्छ ।

(रोमेरो वोलोंगोङ विश्वविद्यालयका मानव अधिकार, संवैधानिक कानुन र कानुनी सिद्धान्तका वरिष्ठ लेक्चरर हुन्)
द कन्भर्सेसनबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group