ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेमिकासँग सम्बन्ध बिग्रिँदा प्रहरी जवानले आफैँलाई गोली हानेको प्रारम्भिक निष्कर्ष


एबीसी न्यूज
५ असार २०८१, बुधबार   २ : ५०   बजे

काठमाडौं ५ असार । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा खटिएका प्रहरी जवान अजित गोलेले प्रेमिकासँग सम्बन्ध बिग्रिँदा आफैँलाई गोली हानेर आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

बुधबार बिहान दोलखाको मेलुङ गाउँपालिका ४ का प्रहरी जवान २२ वर्षीय गोले संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटमा सुरक्षाका लागि हतियारसहित खटिएका थिए। त्यस क्रममा उनले शौचालयमा गएर आफैँलाई गोली हानेका हुन्।

उनले राइफल भुइँमा अड्याएर खुट्टाले निधारमा ताकेर गोली चलाएको प्रहरीको अनुमान छ। सीसीटीभी फुटेजलगायतबाट पनि उनले नै गोली हानेको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन्।

 

उनी बुधबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि संसद् भवनमा ड्युटीमा खटिएका थिए।

तीन वर्ष पहिले प्रहरी जवानमा भर्ना भएका गोले संसद् भवनमा गत जेठ २८ गतेदेखि खटिएका थिए।

नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भएका गोले संघीय संसद् सुरक्षा बेस नयाँ बानेश्वरमा कार्यरत थिए।

उनले अन्दाजी बुधबार बिहान ८ बजेतिर गेटको बायाँपट्टि रहेको शौचालयमा गएर आफूलाई बोकेको इन्सास राइफलले आफ्नो निधारमा एक राउन्ड फायर गरेका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

घटनास्थलमा उनको मोबाइल पनि फेला परेको छ। उक्त मोबाइलमा भएको म्यासेजका आधारमा उनले प्रेमिकासँगको खटपटका कारण आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निचोड छ।

शौचालयमा फेला परेको गोलेको मोबाइलमा घटनाकै समयमा एक युवतीसँग कुरा गरेको पनि देखिएको छ।

एसपी अधिकारीले भने, ‘एक महिलासँग कुरा गरेको पनि देखिएको छ। अहिलेसम्म हेर्दा यही कारण उनले आत्महत्या गरेको हो कि भन्ने हाम्रो अनुमान छ। थप अनुसन्धान भइरहेको छ।’

हाल दुबईमा रहेकी ती युवतीसँग उनले करिब ५ महिना पहिले नै इन्गेजमेन्ट गरिसकेको पनि खुलिसकेको छ।

तर इन्गेजमेन्ट गरेर गएकी उनले दुबई पुगेपछि आफूलाई बेवास्ता गरेको भन्दै ती प्रहरी जवानले आफू मर्ने भनेर पनि म्यासेज पठाएको भेटिएको छ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागन्ज लगिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu