ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिटरब्याजमा ३८ जना ठगिए, २२ करोड क्षतिपूर्ति माग्दै प्रशासनमा उजुरी


एबीसी न्यूज
५ असार २०८१, बुधबार   २ : ५७   बजे

काठमाडौं ५ असार ।  नवलपुर सदरमुकाम कावासोती वडा नं २ की गंगा परियारले स्थानीय विमला तिवारीसँग २०७३ सालमा तीन लाख रुपियाँ ऋण लिनुभएको थियो। त्यसमा दिनको पाँच सय रुपियाँका दरले तीन महिनाको ब्याज पहिले नै कटौती गरिएको थियो। समय बित्दै गयो। ब्याज पनि बढ्दै गयो।

गंगाले बताएअनुसार २०८१ सालसम्म आउँदा ब्याज मात्र ७ लाख पुर्याइएको थियो। त्यो सात लाख तिर्न नसकेपछि गंगाले श्रीमानको असहमतिका बाबजुत बिमलालाई झण्डै ६०र६५ लाख रुपियाँ पर्ने बिपी चोकमा रहेको साढे दुई तले घर नै पास गरिदिनुभयो।

उक्त घर फिर्ता गराउनका लागि गंगाले प्रहरी, प्रशासन सबै तिर धाउनुभयो। मिटर ब्याज विरुद्धको संघर्ष समितिमा निवेदन दिनुभयो। विमलाले इमान्दारिता देखाइ ७ लाख ब्याज पाएपछि घर फिर्ता गरिदिनुभयो। आफ्नो गुमेको घर फिर्ता पाएपछि गंगाको अनुहारमा खुशीको सीमा थिएन।

गोरखापत्रले सर्वप्रथम नवलपुरमा मिटरब्याज विरुद्ध समाचार लेखेपछि गंगा जस्तै धेरैले न्याय पाएका छन्। मिटर व्याजविरुद्धको संघर्ष समितिका उपाध्यक्ष शारदा पौडेलका अनुसार अहिलेसम्म २० जनाभन्दा बढीले न्याय पाएको बताउनुभयो। ‘कतिपयले गुमेको घर फिर्ता पाएका छन् भने कसैले जग्गा, कसैले हस्ताक्षर गरेर दिएको खाली चेक र केहीले नगद रकम पनि फिर्ता पाउन सफल भएका छन्, उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘हाम्रो आन्दोलन अझै जारी छ।’

अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धि जाँचबुझ आयोगले पीडितलाई निवेदन फारम भर्न दिएको समयअनुसार बुधबारसम्म नवलपुरबाट ३८ जना पीडितले फारम भरी जिल्ला प्रशासन कार्यालयलाई बुझाएका छन्। पीडितको तर्फबाट संघर्ष समितिका उपाध्यक्ष शारदा पौडेलले प्रमुख जिल्ला अधिकारी अरुण पौडेललाई ३८ जनाको फारम बुझाउनु भएको हो।
फारम बुझेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाली समााजको क्यान्सरको रुपमा रहेको अनुचित लेनदेनको समस्यालाई स्थायी रुपमा समाधान गर्नका लागि पीडितको तर्फबाट भएको प्रयासको प्रसंसा गर्नुभयो। ‘यो विगतदेखि हाम्रो समाजले भोगिरहेको समस्या हो, यो समस्या समाधान गर्नका लागि आयोग पनि बनेको छ, प्रजिअ पौडेलले भन्नुभयो, समन्वयकारी भूमिका खेल्नका लागि हामी पनि तयार छौं, अव फेरी यस्ता गतिविधि हुन नदिनको लागि र भइसकेका क्रियाकलाप रोक्नका लागि के गर्नु पर्छ रु जिल्ला प्रशासन कार्यालय तपाईहरुकै साथमा छ।’

संघर्ष समितिका सल्लाहकार जनक थापाका अनुसार ३८ जना पीडितका पीडक ८ जना छन्। उनीहरुले नै सबै तिर मिटरब्याजको धन्दा चलाइरहेका छन्। ३८ जना पीडितबाट ८ जनाले घर, बारी, नगद, चेक सबै गरेर २१ करोड ९७ लाख रुपियाँ अनुचित ढंगले लगेको संघर्ष समितिले जनाएको छ। त्यसको क्षतिपूर्ति, नगद तथा जिन्सी फिर्ता पाउनुपर्ने पीडितको माग छ।

पीडितले फारममा पीडकले ठगेर लगेको रकम, त्यसको प्रमाण तथा पीडकको तीन पुस्तेसमेत भरेर बुझाए पनि प्रशासनले भने पीडकको नाम सार्वजनिक गरेको छैन। उक्त सबै विवरण आयोगमा बुझाउने र आयोगले नै समस्याको दिर्घकादिन समाधान गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu