ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका ९ सांसदले चक्रपथ निर्माणबारे दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव


एबीसी न्यूज
५ असार २०८१, बुधबार   ३ : ०७   बजे

काठमाडौं ५ असार । काठमाडौंबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले चक्रपथ निर्माणबारे जरुरी महत्वको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सांसद प्रदीप पौडेल प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थकमा कांग्रेस र रास्वपाका सांसद रहेका छन् ।

चक्रपथ निर्माणबारे काठमाडौंका ९ सांसदले दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं उपत्यकाको चक्रपथ दोस्रो खण्ड बिस्तार परियोजना अलपत्र परेकाले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुपरेको प्रस्तावमा उल्लेख छ ।

सडक आसपासबाट निक्लिने धुलो, धुँवा र वातावरण प्रदूषणले आम नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर परेको हुँदा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकमा असर परेकाले छलफल गर्नुपर्ने उल्लेख छ ।

विकास निर्माणको कार्यमा ढिलासुस्ती हुँदा राज्य जवाफदेही हुन नसकेको र आम नागरिकमा निराशा बढ्दै गएको कारणले राज्यलाई आफ्ना काम कारबाहीप्रति जिम्मेवार जवाफदेही बनाउनु प्रस्ताव दर्ता गराइएको भनिएको छ ।

संसद्मा चक्रपथ बिस्तार २ वर्षमै गर्नेबारे नेपाल र चीनबीच दुईपक्षीय सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको भन्दै त्यसको कारणबारे छलफल गर्नुपर्ने प्रस्तावको कारणमा उल्लेख गरिएको छ ।

ुनेपाल र चीन सरकारबीच विगतमा भएको सम्झौता मुताविक रिङरोड विस्तार कार्य अघि बढ्नेरनबढ्ने निर्क्यौल गरी अघि बढाउन नसक्ने परिस्थिति रहेमा नेपाल सरकारले आफ्नै स्रोतबाट लगानी गरी अविलम्ब विस्तार कार्य अघि बढाउने,ु प्रस्तावमा उल्लेख छ ।

सांसद पौडेलले दर्ता गराएको प्रस्तावका समर्थकमा सांसदहरू गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजन केसी, सोबिता गौतम, गणेश पराजुली, अम्बिका बस्नेत र सपना राजभण्डारी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group