ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियामा जीबी राईको लोकेसन पत्ता लगाइसकेका छौँ : गृहमन्त्री


एबीसी न्यूज
६ असार २०८१, बिहिबार   ११ : ४५   बजे

काठमाडौं ६ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन्।

बिहीबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको र केही कुटनीतिक पहलमा ढिलाई भएको बताए।

‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ। मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ,’ गृहमन्त्री लामिछानेले भने।

 

मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारणले उनलाई ल्याउन केही ढिलाई भएको लामिछानेले बताए।

‘यो अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ। यो बीचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ,’ रास्वपा सभापति समेत रहेका लामिछानेले भने, ‘आजभन्दा तीन चार दिन अगाडि पनि मेरो उहाँसँग कुरा भएको छ। हाम्रो सुपर्दुगी सन्धी नभएका कारणले अलिकति कुटनीतिक पहलमा समय लागेको छ। नजिक छौँ। दिनरात कोशिस गरिरहेका छौँ।’

गृहमन्त्री लामिछानेलाई सञ्चारकर्मीले गैंडाको तस्करमा संलग्न राजकुमार चेपाङलाई नेपाल ल्याउँदा जीबीलाई किन ल्याउन नसकिएकोरु भन्दै प्रश्न गरेका थिए।

जवाफमा लामिछानेले भनेका छन्, ‘ठाउँ एउटै, व्यक्ति एउटै भएपनि विषय फरक हुन्छ। जुन ढंगले उहाँ बस्नुभएको होला, उहाँको लिगल स्टाटस लगायत दुई देशबीचका समझदारीका कारणहरू छन्।’

उनले थप प्रष्ट पार्दै भने, ‘तर, हामीले लोकेट गरिसकेका छौँ। हामी कोशिसमा छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu