ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीको अन्नपूर्णले ल्यायो ५३ करोड बढीको बजेट


एबीसी न्यूज
१० असार २०८१, सोमबार   ११ : ४१   बजे

काठमाडौं १० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको लागि ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १९ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजाले ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।

प्रस्तुत बजेटमा चालु तर्फ ३४ करोड ८५ लाख ५ हजार र पँुजिगत तर्फ १८ करोड ३९ लाख ३८ हजार रुपियाँ विनियोजन गरिएको छ । बजेटमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान ७ करोड ४७ लाख, राजश्व बाँडफाँडको ८ करोड ८५ लाख, शशर्त अनुदान २१ करोड १६ लाख १७ हजार रुपियाँ समावेश गरिएको छ ।

यसैगरी, गण्डकी प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान ८७ लाख १२ हजार, विशेष अनुदान ४० लाख, समपूरक अनुदान ६० लाख, सवारी कर बाँडफाँडबाट प्राप्त हुने एक करोड १ लाख ६३ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

आन्तरिक राजश्वबाट प्राप्त हुने १ करोड ७२ लाख ५० हजार र अल्या तर्फको अनुमानित ७ करोड रकमलाई समेत समावेश गरेर आगामी बर्षको लागि बजेट प्रस्ताव गरिएको उपाध्यक्ष तिलिजाले जानकारी दिनुभयो ।

गाउँपालिकाले एक वडा एक गौरवको योजना छनौट गरेर पूर्वाधार निर्माण तर्फको योजनामा बजेट विनियोजन गरेको छ । अन्नपूर्ण ६ को धिरच्याङमा गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माण गर्न २ करोड ५० लाख र जग्गा खरिदका लागि ४५ लाख बजेट विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार विकासको क्षेत्रमा १३ करोड ५७ लाख १८ हजार बजेट विनियोजन गरेको गाउँपालिकाले यातायात पूर्वाधार निर्माणमा २ करोड ४१ लाख ५० हजार, अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्न १ करोड, फोहोरमैला केन्द्र बनाउन ५० लाख, गाउँपालिकाले आइसिटी फर फ्राइडे कार्यक्रम सहित शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, पशुपालन, पर्यटन, लघुउद्यम, पूर्वाधार निर्माण योजनाको लागि प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष भारत कुमार पुनले ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार स् दिगो कृषि, पर्यटन, उर्जा र उत्थानशील पूर्वाधार’ भन्ने नारा सहितको आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

गाउँपालिकाले ठूला पूर्वाधार निर्माण योजनामा वातावरणीय अध्ययनलाई अनिवार्य गर्ने नीति लिएको छ । क्लीन अन्नपूर्ण, क्लीन स्कुल अभियान चलाउने नीति लिएको यस गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार, आधुनिक सूचना प्रविधिको प्रयोग र व्यवहारिक शिक्षामा जोड दिने नीति लिएको छ ।

गाउँपभालिका अध्यक्ष पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पालिकाभित्रका सबै स्वास्थ्य चौकीहरुमा आवश्यक सामाग्री र पूर्वाधारको व्यवस्थापन गरेर नमूना स्वास्थ्य चौकी बनाउने नीति लिइएको छ ।

गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि व्यापक छलफलका लागि सभालाई स्थगीत गरिएको र असार १२ गते आयोजित सभामा छलफल सहित पारित गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

सभामा विनियोजन विद्येयक, आर्थिक विद्येयक,न्यायिक समितिको प्रतिवेदन,विपद् व्यवस्थापन समितिको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu