ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा परराष्ट्रमन्त्रीको सम्बोधन, भू-राजनीतिक टकरावले चुनौती बढाएको धारणा


एबीसी न्यूज
१० असार २०८१, सोमबार   २ : ३९   बजे

काठमाडौं १० असार । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले इरानको तेहरानमा जारी एशिया सहयोग संवाद ९एसीडी०को १९ औं बैठकलाई सम्बोधन गरेका छन्।

सोमबार सुरु भएको एसीडीको मन्त्रीस्तरीय बैठकमा श्रेष्ठले क्षेत्रीय सहकार्य र बहुपक्षवादप्रति नेपालको प्रतिवद्धता दोहोर्‍याएको परराष्ट्र मन्त्रालयले बताएको छ।

त्यस्तै उनले ‘एसीडी भिजन २०३०’, विकास, स्थिरता तथा समृद्धि प्राप्त गर्ने ‘एसीडी ब्लू प्रिन्ट २०२१–२०३०’ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

 

परराष्ट्रमन्त्री श्रेष्ठले बैठकमा कोभिड–१९, जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दी, बढ्दो द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्विताले दिएको चुनौतीबारे चर्चा गरेका थिए।

अझ एकीकृत, उदार तथा समृद्ध एशियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यवद्धता र सामूहिक सहयोगमाथि समेत उनले जोड दिएका थिए।

बैठकको अध्यक्षता इरानका कार्यवहाक परराष्ट्रमन्त्री अलि बाघेरी कानीले गरेका थिए। कानीसँग मन्त्री श्रेष्ठले आइतबार साँझ भेटवार्ता गरेका थिए।

बैठकमा सदस्य देश र विभिन्न अन्तर्राष्ट्रिय संगठनगरि ४१ प्रतिनिधिमण्डलको उपस्थिति रहेको छ। एशियाली देशहरूबीच एकता बढाउने उदेश्यले दुई दशकअघि एसीडी स्थापना भएको हो।

यसका ३५ देश सदस्य रहेका छन्। यसको मुख्यालय भने कुवेतमा रहेको छ।  दुई वर्षअघि भएको बैठकको अध्यक्षता भने बहराइनले गरेको थियो।

चक्रिय प्रणालीमा यसको अध्यक्ष फेरिने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group