ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जंगली च्याउ खाँदा मकवानपुरमा एक सातामै ३ जनाको मृत्यु


एबीसी न्यूज
११ असार २०८१, मंगलबार   ११ : ३३   बजे

काठमाडौं ११ असार । मकवानपुरमा जंगली च्याउ खाँदा एक साताको अवधिमा तीन जनाको मृत्यु भएको छ। च्याउ खाएर १६ जना बिरामी परेका छन्।

जंगली च्याउको तरकारी पकाएर खाँदा राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा गरी १९ जना प्रभावित भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ती मध्ये तीन जनाको मृत्यु भइसकेको छ।

यही असार ३ गते कैलाश गाउँपालिका ९ नामटारका बिनोद लामाको परिवारका सदस्य च्याउको तरकारी खाँदा गम्भीर बिरामी भएका थिए।

बिनोदसहित परिवारका सबै बिरामी भएपछि छिमेकीहरुले उपचारका लागि शुक्रबार बिहान हेटौँडा अस्पताल ल्याए। परिवारको अन्य सदस्य उपचारपश्चात् डिस्चार्ज भए पनि उनका ४ वर्षीय छोरा दीपेश लामाको स्वस्थ्यमा भने सुधार आएन। उनलाई थप उपचारका लागि सोही दिन चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरियो।

उपचारत बालकको स्वाथ्यमा केही सूधार आएपछि शनिबार उनका परिवारले दीपेशलाई घर ल्याए। तर, घर ल्याउँदै गर्दा बालकको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकावनपुरले जनाएको छ। उपचार गर्ने खर्च अभावले बालकलाई पूरै ठिक नहुँदै घर ल्याइएको हुनसक्ने स्थानीयले बताएका छन्।

यस्तै, सोही ठाउँकी २५ वर्षीया निरुमाया रुम्बाको पनि च्याउ खाएर मृत्यु भएको छ। सोही दिन बिनोदको घरमा पकाएको च्याउ खाँदा निरुमायाको मृत्यु भएको हो। उनलाई उपचारका लागि सुरुमा हेटौँडा अस्पताल ल्याइएको थियो।
थप उपचारको लागि उनलाई नयाँ मेडिकल कलेज भरतपुर लगियो। तर, त्यहाँ उपचार गर्न नसक्ने भनेर आफन्तले हेटौँडा अस्पतालमै ल्याएर उपचार गराउने क्रममा सोमबार उनको पनि मृत्यु भयो।

मृतक बालक दीपेश र निरुमाया काकी भजित हुन्।

यस्तै, आइतबार साँझ राक्सिराङ गाउँपालिका ७ दुदुवाङ बस्ने बलबहादुर प्रजाले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनको पनि मृत्यु भयो।

आइतबार साँझको खानामा परिवारका सबै सदस्य सँगै बसेर च्याउको तरकारी खाएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको परिवारका अन्य ४ सदस्यको अहिले पनि भरतपुर अस्पतालमै उपचारत भइरहेको छ।

बलबहादुरकी श्रीमती ४५ वर्षीया जालिमाया प्रजा, छोरी १५ वर्षकी रेञ्जु प्रजा, अर्की छोरी ८ वर्षकी सबिना प्रजा र छोरा १० वर्षका सुशल प्रजाको अवस्था अझै पूर्ण रुपमा सुधार भइसकेको छैन।

मकवानपुरमा च्याउ खाएर बिरामी भएका १९ जनामध्ये ८ जना डिस्चार्ज भएका जिल्ला प्रहरी कायाृलय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार ८ जनाको अहिले पनि विभिन्न अस्पतालमा उपचारत चलिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group