ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा बजेटप्रति सत्ता पक्षभित्रै तीव्र असन्तुष्टि, आज पास गर्ने तयारी


एबीसी न्यूज
१२ असार २०८१, बुधबार   ११ : ०९   बजे

काठमाडौं १२ असार । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटबारे प्रदेशसभामा निरन्तर छलफल चलिरहेको छ। असार ६ देखि जारी छलफल आज सकेर बजेट पास गर्ने तयारी छ।  तर सन्तुलित बजेट नआएको भन्दै सत्तापक्षभित्रै असन्तुष्टि चुलिएको छ।

 

मन्त्री र मुख्यमन्त्रीले आफ्ना क्षेत्रलाई प्राथमिकतामा राखेर अन्य सासंदलाई भने बजेटमा विभेद गरिएको आरोप छ।   आज बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा, लोक सेवा आयोग र मुख्यन्याधिवक्ताको कार्यालयको बजेटका विषयमा जवाफ पेस हुनेछ।

आज बस्ने प्रदेशसभाको बैठकमा विनियोजन विधेयक पारितको प्रस्ताव पेस हुने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि ३८ अर्ब ९७ करोड, ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ।

विनियोजित बजेटमध्ये चालुतर्फ ११ अर्ब २५ करोड २७ लाख ८४ हजार अर्थात् २८ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड, ५९ लाख रुपैयाँ अर्थात् ६३ प्रतिशत छ।

त्यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख अर्थात ८ दशमलज ०६ प्रतिशत हुने अनुमान प्रदेश सरकारको छ।

बजेट छलफलमा भाग लिँदै सत्ता पक्षका प्रदेश सभा सदस्यले सरकारले ल्याएको बजेटमा सन्तुलनको अभाव देखिएको, मन्त्री र मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा बढी केन्द्रित भएको जस्ता आरोप लगाएका छन्।

प्रतिपक्षमा रहेका कांग्रेस सांसदले बजेटले संघीयताको मर्म बुझ्न नसकेको टिप्पणी गरेका छन्।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले त किसानका समस्या समाधान केन्द्रित बजेट नआएको भनी आलोचना गरे। उनले यो बजेट संघीयताविरोधी भएको आरोप लगाएका छन्।

सत्तापक्ष दल एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी र उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतप्रति तीव्र आलोचना गरे।

उनले बजेट निर्माणमा दुई मन्त्रीले ‘काँच्चै खान’ खोजेको टिप्पणीसमेत गरिन्।  वर्तमान सरकारको इज्जत एमालेका पाँच मन्त्रीले जोगाइदिएको दाबीसमेत उनले गरिन्।

बजेट निर्माणका क्रममा दुई मन्त्रालयले सीमा नाघेर अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गरेको आरोप उनले लगाएकी छन्।

प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले प्रदेश राजधानी जोड्न पाल्पा, अर्घाखाँची भएर भालुबाङ आउने सडकमा बजेट किन काटिएको भनेर प्रश्न गरे। सरकारले बजेटको आकार घटाएको आक्रोश उनले पोखे।

बजेटबारे सत्ता पक्ष र प्रतिपक्ष दुवैले आलोचना गरेपछि मन्त्रीहरूले त्यसको बचाउ गर्दै न्यून स्रोतका बाबजुद बजेट ल्याएको दाबी गरेका छन्।

मन्त्रीहरूले आफ्नो क्षेत्रमा बजेट केन्द्रित गरेपछि लुम्बिनीको बजेटप्रति सांसदहरूले आलोचना गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group