ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीमा पहिरोले घर पुर्दा २ बालबालिकाको मृत्यु


एबीसी न्यूज
१२ असार २०८१, बुधबार   ११ : १९   बजे

काठमाडौं १२ असार । कास्कीमा भीषण वर्षाका कारण खसेको पहिरोमा परी १३ वर्षकी बालिका र ३ वर्षका बालकको मृत्यु भएको छ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानी घुम्तीमा रहेको प्रकाश रानाभाटको टिन र ब्लकले बनेको तीनकोठे घरमाथि माटोको ढिस्को खस्दा पुरिएर १३ वर्षीया आयुश्मा रानाभाटको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

राति पौने २ बजेतिर घर पछाडिको ढिस्को खस्दा घरमा ७० वर्षीया हजुरआमा लालमाया बञ्जारी पनि थिइन्। तर उनको स्थानीयले सकुशल उद्धार गरेका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

 

यस्तै कास्कीकै पोखरा महानगरपालिका(२७,आरुपाटामा पनि पहिरो खस्दा घरभित्र सुतिरहेका ३ वर्षीय बालकको मृत्यु भएको छ भने उनकी आमा घाइते भएका छन्।

कास्की प्रहरीका अनुसार स्थानीय हरि सुनारको ढुंगा र माटोले बनेको घरमाथि पहिरो खस्दा उनका छोरा ३ वर्षीय हरि सुनारको मृत्यु भएको हो भने श्रीमती २७ वर्षीया रितु सुनार घाइते भएकी हुन्। घाइतेको अवस्था गम्भीर रहेको र हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

घरमा रहेका हरि र ९ वर्षीया छोरी अञ्जली भने सकुशल छिन्। पहिरोले घर पुरेको छ।  लगातार वर्षाका कारण पोखराको सेती नदीको जल प्रवाह बढेको छ।

पोखरा(९ मा पर्ने रामघाट क्षेत्रमा पानी थुनिएको छ भने वरपरका अव्यवस्थित बसोबासीमा त्रास फैलिएको छ।

वर्षाकै कारण पोखरा १४, चाउथे क्षेत्रमा पृथ्व राजमार्ग भासिएको छ। कुलोमा आएको पानीका कारण सडक भासिएको कास्की प्रहरीले जनाएको छ। सडक भासिए पनि यातायात भने एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu