ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस लिखु तामाकोसीमा दुर्घटना


एबीसी न्यूज
१४ असार २०८१, शुक्रबार   ११ : ३५   बजे

काठमाडौं १४ असार । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ।

लिखु तामाकोसी गाउँपालिका( ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा बा ५ ख ५६२५ नम्बरको बस दुर्घटना हुँदा १० जनाजति घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले नेपालखबरलाई जानकारी दिए। बसमा २५ जना सवार थिए।

दुर्घटनामा बसका चालक हिराधर खत्री, यात्रु सविना श्रेष्ठ, मानबहादुर श्रेष्ठ, टेकनारायण श्रेष्ठ, शंखकुमारी तामाङ, सुजाता श्रेष्ठ र झलक श्रेष्ठ घाइते भएका छन्। घाइते सबै स्थानीय हुन्।

 

लिखु तामाकोसी( ६ का वडाध्यक्ष शिवप्रसाद न्यौपानेले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताए।

‘म डाक्टर सापलाई लिएर भर्खरै घटनास्थलमा आइपुगेको छु,’ वडाध्यक्ष न्यौपानेले नेपालखबरसँग भने, ‘घाइतेमध्ये लिखु तामाकोसी( ६ बिर्ताकी सकुन्ताल श्रेष्ठ, लिखु तामाकोसी( ६ कै धारे भन्ने ठाउँकी सावित्री घिमिरे, बसका चालक हिराधर खत्री र स्थानीय सविना श्रेष्ठको अवस्था गम्भीर छ।’

गम्भीर घाइतेलाई एम्बुलेन्स र टाटासुमोमा राखेर सदरमुकाम मन्थलीतिर लगिएको उनले बताए।

‘सडकबाट झण्डै ३० मिटर खसेपछि बसलाई ठूलो चिलाउने रुखले रोकेछ,’ वडाध्यक्ष न्यौपानेले घटनास्थलबाट भने, ‘यो रुखले बसलाई नरोकेको भए ठूलो पहरोबाट बस तल खस्ने रहेछ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu