ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन–आश्रितको हत्यारा पत्ता लाग्छ- केपी ओली


एबीसी न्यूज
१४ असार २०८१, शुक्रबार   १ : २०   बजे

काठमाडौं १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन–आश्रितको हत्या भएको भन्दै हत्यारा पत्ता लाग्ने बताएका छन् ।

दासढुंगा घटनाको सत्य–तथ्यलाई शक्तिको आडमा लुकाउन खोजिएको संकेत गर्दै ओलीले त्यस्ता प्रयास सधैं सफल नहुने बताएका छन् । कतिपय घटना–दुर्घटनाका सत्यतथ्यलाई शक्तिले लुकाउने गरेको भन्दै ओलीले भनेका छन्, ‘कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ । सत्यहरूलाई शक्तिले लुकाउँछन् नै । तर त्यो प्रयत्न सधैं सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै ।’

२०५० साल जेठ ३ गते चितवनको दासढुंगा भन्ने स्थानमा जिप दुर्घटनामा परी एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।

 

दुर्घटनामा एकमात्र प्रत्यक्षदर्शी जिप चालक अमर लामा भने सकुशल थिए । तर उनको पनि युद्धकालमा काठमाडौंमा हत्या भएपछि दासढुंगा काण्ड रहस्यकै गर्भमा छ ।

एमालेले मदन–आश्रितको षडयन्त्रपूर्वक हत्या भएको दाबी गर्दै आएको छ । तर हत्यारा पत्ता लाग्न सकेको छैन ।

दासढुंगा घटनापछि एमालेले पटक–पटक सरकारको नेतृत्व गरेको थियो । मदन पत्नी विद्या भण्डारी राष्ट्रपतिसमेत बनिन् । तर मदन–आश्रितको हत्यारा पत्ता लगाउन नसकेको भन्दै एमाले नेताहरूको आलोचना हुने गरेको छ ।

एमाले अध्यक्ष ओलीले भने हत्यारा पत्ता लगाउन सत्ता र शक्ति बाधक बनेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै–कुनै सत्य प्रकट हुनबाट रोकिन्छ । नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन् ।’

दरबार हत्याकाण्डको सबै दोष तत्कालीन युवराज दीपेन्द्रमाथि लगाइएको भन्दै ओलीले त्यसको रहस्य पनि कुनै दिन खुल्ने विश्वास व्यक्त गरेका छन् ।

दरबार हत्याकाण्ड जस्तै दासढुंगा दुर्घटना पनि रहस्यकै गर्भमा रहेको बताउँदै ओलीले तत्कालीन सरकारले दुर्घटना भनेको र छानबिन आयोगसमेत गठन गर्न नमानेको बताएका छन् । पार्टीको तर्फबाट आफ्नै नेतृत्वमा छानबिन प्रतिवेदन तयार पारी तत्कालीन महासचिव माधव कुमार नेपाललाई दिए पनि सार्वजनिक नगरेको आरोप ओलीले लगाएका छन् ।

‘हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौं । त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन,’ ओलीले रासससँग भनेका छन्, ‘पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ । पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group