ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभाबाट आज बजेटआश्रित ३ विधेयक पारित गरिने


एबीसी न्यूज
१६ असार २०८१, आइतबार   १ : ३०   बजे

काठमाडौं १६ असार । संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह ३ बजे बस्दै छ। बैठकबाट आज बजेटआश्रित ३ वटा विधेयक पारित गर्ने तालिका तय गरिएको छ।

विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट असार ११ गते नै पारित भइसकेको छ। आइतबारको बैठकले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने तालिका छ।

संसद सचिवालयद्वारा प्रकाशित कार्यसूचीअनुसार, बैठक नियमित कार्यसूचीमा प्रवेश गरेपछि सुरुमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुनेछ। त्यसपछि उक्त विधेयकमा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। र, अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी अर्थमन्त्री पुनले नै प्रस्ताव पेस गर्नेछन्। उक्त विधेयकमा प्राप्त संशोधनहरूलाई आइतबार नै निर्णयार्थ प्रस्तुत गरिनेछ। संशोधन प्रस्तावहरू टुंग्याएपछि अर्थतन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकको अन्तिम कार्यसूचीमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफललाई राखिएको छ। सोही बैठकले दफावार छलफल, संशोधनमा छलफल र विधेयकमा निर्णय गर्नेछ।

योसँगै बजेटआश्रित सबै विषय टुंगो लाग्नेछन्।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संसदमा बजेट पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group