ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधन यो–यो बुँदामा गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनौं- ओली


एबीसी न्यूज
२६ असार २०८१, बुधबार   २ : ४७   बजे

काठमाडौं २६ असार ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस(एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको दाबी गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधानका कुन–कुन विषयमा संशोधन गर्ने भन्ने विषय पनि दुई दलबीचमा नटुंगिएको स्पष्ट पारे।

‘अनुभवहरुले के कस्ता परिवर्तन, परिमार्जन र सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो,’ ओलीको भनाइ छ, ‘यो(यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ। कसैको नेतृत्वमा आयोग बनेको छैन। कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन। मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ, त्यो संशोधन गर्ने भनेको हो।’

ओलीले कांग्रेस र एमाले मिल्दा देश अराजकतारित जाने भनेर भ्रम फैलाइएको समेत दाबी गरे। उनले प्रदेशहरूमा महिनैपिच्छे सरकार फेरिने र भ्रष्टाचार बढ्ने स्थिति आएको समेत बताए।

‘प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो,’ ओलीले भने, ‘विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले भ्रष्टाचार, अस्थिरतामा जाने काम भयो।’

संघीयतालाई सफल बनाउनुपर्ने आवश्यकता भएको भन्दै खाली संविधानप्रति ओठे भक्ति देखाएर मात्रै नपुग्ने समेत उनको भनाइ छ। ‘संघीयतालाई सफल बनाउने दिशामा जानुपर्छ, त्यो पक्षमा विचार नै नगर्ने, खाली संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन सक्दैनन्,’  संविधान गतिशिल कुरा भएको भन्दै त्यसलाई समयानुकूल परिमार्जन गर्दै जानुपर्नेमा उनले जोड दिए।

‘संविधान गतिशील कुरा हो, समाजको पथ प्रदर्शक हो,’ ओलीले भने, ‘संविधानको समयानुकूल रुपमा परिमार्जित हुँदै जानुपर्छ। त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौं।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu