ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत प्राधिकरणले जगदम्बा स्टिलको बिजुली काट्यो


एबीसी न्यूज
२८ असार २०८१, शुक्रबार   १२ : ४६   बजे

काठमाडौं २८ असार । नेपाल विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै प्राधिकरणले गएराति नौ बजे लाइन काटिदिएको हो ।

जगदम्बाले डेडिकेटेड लाइनको २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ नबुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै विद्युत् प्राधिकरणले लाइन काटिदिएका उद्योगहरुको संख्या ६ पुगेको छ ।

यसअघि प्राधिकरणले २५ असारमा रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगका लाइन काटेको थियो ।

२०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

लाइन काट्ने प्राधिकरणको कदमको उद्योगी व्यवसायीहरुले भने विरोध जनाउँदै आएका छन् । प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको भन्दै उनीहरूले यदि बिजुलीको लाइन नजोडिदिए सबै उद्योगमा आफैं लाइन काट्ने र उद्योग बन्दे पार्ने चेतावनी दिएका छन् ।

लोडसेडिङको समयमा उद्योगहरुले प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रंक लाइन मार्फत् बिजुली उपभोग गर्न पाएका थिए । उद्योगहरुले नियमित महसुल तिरे पनि प्रिमियम शुल्क नतिरेपछि विद्युत् प्राधिकरणले बक्यौता तिर्न भन्दै पत्राचार गरेको थियो । त्यसविरुद्ध विद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

त्यसपछि लाल आयोगको सिफारिसको आधारमा ‘विवादमा रहेको दोस्रो अवधि ९२०७२ माघदेखि २०७५ वैशाखसम्म०मा लोडसेडिङ कायम रहेको र सो अवधिको महसुल निर्धारण तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले गरिसकेको अवस्था भएकाले उक्त अवधिको डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बाफतको थप महसुल लिने’ निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो ।

त्यसपछि प्राधिकरण सञ्चालक समितिको यही असार ४ गतेको ९७३ औं बैठकले २०७२ माघदेखि २०७५ वैशाख महिनासम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत शक्ति प्रयोग गरेको थप महशुल २५ प्रतिशत थप दस्तुरसहित बक्यौता तिर्न उद्योगहरुलाई १५ दिनको म्याद दिएको थियो ।

मंगलबार १५ दिनको म्याद गुजारेको भन्दै विद्युत प्राधिकरणले लाइन काट्न सुरु गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group