ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगञ्ज मेडिकल कलेजमा स्वास्थ्य बीमा लागू


एबीसी न्यूज
२ श्रावण २०८१, बुधबार   ११ : ५०   बजे

काठमाडौं २ साउन ।   यसअघि नेपालगञ्जस्थित भेरी अस्पतालमा मात्र लागु गरिएको स्वास्थ्य बीमा कार्यक्रम लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि सञ्चालनमा ल्याइएको छ ।

स्वास्थ्य बीमा बोर्डसँग भएको सम्झौता बमोजिम साउन १ गतेबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुर अस्पतालका उपनिर्देशक डा। दिनेश श्रेष्ठले बताउनुभयो । उहाँले यसअघि पनि सो अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम चलेको जनाउँदै बिचमा केही समयका लागि बन्द भएपनि फेरी सञ्चालनमा आएको बताउनुभयो ।

उपनिर्देशक डा। श्रेष्ठका अनुसार स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदा कोहलपुर क्षेत्रका बिरामीलाई ठुलो समस्या भएको थियो । सोही कारणले भेरी अस्पतालमा धेरै बीमा गराएका धेरै बिरामी पुग्दा सेवा दिन समस्या भएको गुनासो पटक पटक सुनिएको थियो ।

उता, भेरी अस्पतालका सुचना अधिकारी डा। सङ्केत रिसालले स्वास्थ्य उपचारका लागि बाँके जिल्लाको महत्वपुर्ण स्वास्थ्य संस्था नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा फेरि स्वास्थ्य बीमा लागु गरिएपछि अब भेरी अस्पताललाई सहज हुने बताउनुभयो । उहाँले भेरी अस्पतालले सिमिति जनशक्तिबाट सो कार्यक्रममा आबद्ध बिरामीलाई सेवा दिनुपरेकोले धेरै बिरामी आउँदा समस्या हुने गरेकोमा अब कोहलपुरले पनि सेवा सुरु गरेपछि सहज हुने बताउनुभयो ।

साउन १ गतेबाट नेपालगन्ज मेडिकल कलेजसहित १० वटा निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिन सुरु गरेका छन् । २ वटा आँखा अस्पतालसहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu