ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्जिनियरिङ लाइसेन्स परीक्षा : वातावरणका परीक्षार्थी शतप्रतिशत पास, केयुको नतिजा उत्कृष्ट


एबीसी न्यूज
२ श्रावण २०८१, बुधबार   १२ : २८   बजे

काठमाडौं २ साउन । नेपाल इन्जिनियरिङ काउन्सिलले लिएको पाँचौं पटकको लाइसेन्स परीक्षामा ३४ प्रतिशत परीक्षार्थी पास भएका छन् ।

४ हजार ६२ जनाले लाइसेन्सको परीक्षा फारम भरेकामा ३ हजार ७८८ जनाले परीक्षा दिएका थिए । तीमध्ये १ हजार २८५ जना मात्र उत्तीर्ण भएका नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा। विकास अधिकारीले जानकारी दिए ।

विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था भएकोमा गत वर्षदेखि काउन्सिलले लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो । काउन्सिलले लिएको यो पाँचौंपटकको परीक्षा हो ।

यसपटक इन्जिनियरिङ क्षेत्रका २३ वटा विधामा लाइसेन्स परीक्षा सञ्चालन गरिएको थियो । तीमध्ये वातावरण इन्जिनियरिङमा शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यसपछि सबैभन्दा धेरै उत्तीर्ण हुनेमा आर्किटेक्ट इन्जिनियरिङ विधाका परीक्षार्थीहरु छन् । आर्किटेक्टका ८० प्रतिशत परीक्षार्थी लाइसेन्स परीक्षामा पास भएको काउन्सिलका उपाध्यक्ष डा। अधिकारीले जानकारी दिए ।

काठमाडौं विश्वविद्यालयको नतिजा उत्कृष्ट

विश्वविद्यालयअनुसार लाइसेन्स परीक्षाको नतिजा हेर्दा यसपटक पनि काठमाडौं विश्वविद्यालय ९केयु०मा पढेकाहरु सबैभन्दा धेरै पास भएका छन् ।

काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ विषय पढेका ३३२ जना लाइसेन्स परीक्षामा सहभागी भएकोमा ५०।९० प्रतिशत परीक्षार्थी पास भएका छन् ।

यसैगरी सुदूरपश्चिम विश्वविद्यालयका ८ जनामध्ये ५० प्रतिशत पास भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयका ५७१ जनामध्ये ३५।९०, त्रिभुवन विश्वविद्यालयका ६५५ जनामध्ये ३५।२७ र पोखरा विश्वविद्यालयका ९९३ जनामध्ये ३४।१४ प्रतिशत परीक्षार्थीले लाइसेन्स परीक्षा पास गरेका छन् ।

सबैभन्दा कम मध्यपश्चिम विश्वविद्यालयका २४।५ प्रतिशत परीक्षार्थी लाइसेन्स परीक्षामा पास भएका छन् ।

विदेशका विश्वविद्यालयमा पढेका १ हजार १८० जना पनि लाइसेन्स परीक्षामा सहभागी थिए । अघिल्ला पटकको तुलनामा यसपटक विदेशमा पढेर आएकाहरुको नतिजा राम्रो देखिएको छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा। अधिकारीका अनुसार विदेशमा पढेर आएकाहरुमध्ये विगतमा २० प्रतिशत हाराहारीले लाइसेन्स परीक्षा पास गर्ने गरेकोमा यसपटक २७।५४ प्रतिशत उत्तीर्ण भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group