ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा दोषी ठहर भए निर्वासित जीवन बिताइरहेका चिनियाँ अर्बपति


एबीसी न्यूज
२ श्रावण २०८१, बुधबार   २ : ३१   बजे

काठमाडौं २ साउन । चीनबाट निष्काशित अर्बपति गुओ वेंगुई अमेरिकामा दोषी ठहर भएका छन्।  अमेरिकी संघीय अदालतले उनलाई समर्थकको १ अर्ब डलर बढी ठगी र धोखाधडीको आरोपमा मंगलबार दोषी ठहर गरेको सीएनएनले जनाएको छ।

१२ आरोपमध्ये ९ वटामा गुओ दोषी ठहर भएका छन्। सेयर बढाउन ठगी गरेको, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा माइल्स गुओका रुपमा परिचित उनीमाथि आरोप लागेको थियो।

 

योसँगै उनले दशकौँ जेल बस्नुपर्ने सजाय पाउने सम्भावना छ। आगामी नोभेम्बर १९ मा सजाय तोकिनेछ।   गुओले धेरै अन्तर्सम्बन्धित धोखाधडीका स्किमहरु चलाएको र बफादार समर्थकले मिहिनेतले कमाएको पैसामा खेलबाड गरेको बताइएको छ। उनी निर्वासित जीवन बिताइरहेका थिए। उनको जीवनशैली पनि विलासी थियो।

न्युयोर्कमा उनीविरुद्धका आरोपमा ७ हप्ते सुनुवाइ भएको थियो। गुओका वकिलहरुले यसबारे केही प्रतिक्रिया दिएनन्। दोषी ठहर भएसँगै उनका केही समर्थकमा रुवाबासी चलेको थियो।

को हुन् गुओ
सन् २०१४ गुओ चीनबाट निर्वासित भएका थिए। उनले वरिष्ठ चिनियाँ अधिकारी र धनाढ्यहरुको काण्डको खुलासा गर्ने बताउँदै आएका थिए। यसबाहेक उनलाई अहिले राष्ट्रपतीय दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निकटस्थ स्टिभ ब्याननका साथी समेत हुन्। ब्यानन पनि यही महिनाको सुरुतिर संसदीय अनुसन्धानलाई असहयोग गरेको आरोपमा संघीय कारागार चलान भएका थिए। ब्याननलाई गुओले १० लाख डलर दिएको पनि खुलेको छ।

आफ्ना अनलाइन समर्थकलाई आफ्नो व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गर्न हौस्याएर २०१८ र २०२३ को बीचमा १ अर्ब डलर बढी डुबाइदिएको गुओमाथि आरोप छ। सन् २०१७ मा हङकङ र चीन सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानसँगै उनको सम्पत्ति जफत गरेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group