ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ प्रतिशतले घट्यो बैंक तथा वित्तीय संस्थाले दिने सहुलियतपूर्ण कर्जा


एबीसी न्यूज
२ श्रावण २०८१, बुधबार   २ : ३५   बजे

काठमाडौं २ साउन । सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरूले दिदै आएको सहुलियतपूर्ण कर्जामा २४ प्रतिशतले कमी आएको छ।

बैंक तथा वित्तीय संस्थाले जेठ मसान्तसम्म १० वटा क्षेत्रमा १ खर्ब ९४ अर्ब ५७ करोड रुपैयाँ सहुलियत पूर्ण कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ थियो।

गत वर्षको जेठ महिनाको तुलनामा यो वर्षको जेठ महिनासम्ममा सहुलियतपूर्ण कर्जा प्रवाह खुम्चिएको हो। बैंक तथा वित्तीय संस्थाहरूमा तरलता पर्याप्त भए पनि पुँजीकोष दबाब तथा खराब कर्जा उच्च देखिँदा कर्जा प्रवाह खुम्चिन पुगेको छ।

 

यसको असर बैंक तथा वित्तीय संस्थाहरूले सरकारी अनुदानमा वितरण गर्ने कर्जामा समेत देखिएको हो।

सरकारले बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याज अनुदानवापत २२ अर्ब ३९ करोड रुपैयाँ दिएको छ। जसबाट बैंक तथा बित्तीय संस्थाहरूले सहुलियतपूर्ण ब्याजदरमा ऋणीलाई ऋण प्रदान गर्ने गर्छन्।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा, बिनाधितो र धितोसहितको कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा, प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमको कर्जा तथा युवा वर्ग स्वरोजगार कर्जासहित १० शीर्षकमा कर्जा प्रवाह गरिन्छ।

बैंक तथा वित्तीय संस्थाले ११ महिनाामा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा १ खर्ब १६ अर्ब २५ करोड रुपैयाँ कर्जा स्वीकृत गर्दा बिना धितो शिर्षमा ३ अर्ब र धितोसहितको शीर्षकमा ११ अर्ब ३२ करोड रुपैयाँ कर्जा स्वीकृत गरेको छ।

यस्तै शिक्षित युवा स्वरोजगार कर्जा शीर्षकमा ५ करोड ८५ लाख रुपैयाँ कर्जा स्वीकृत गर्दा विदेशबाट फर्केका युवा परियोजना कर्जा शीर्षकमा ६३ करोड ५० लाख, महिला उद्यमशील कर्जामा ७५ अबै ६७ करोड र दलित समुदाय व्यवसाय विकास शीर्षकमा ६० करोड ९५ लाख रुपैयाँ कर्जा स्वीकृत भएको हो।

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा शीर्षकमा भने ३ करोड ६२ लाख रुपौयाँको कर्जा स्वीकृत हुँदा भूकम्पपीडितहरूको निजी आवास निर्माण तर्फ ३ करोड १६ लाख रुपैयाँ कर्जा स्वीकृत भएको हो।

योबाहेक कपडा उद्योग सञ्चालनका लागि १ अर्ब २५ करोड रुपैयाँको सहुलियतपूर्ण कर्जा बैंक तथा वित्तीय संस्थाबाट स्वीकृत हुँदा प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम शीर्षकमा ४ लाख र युवा वर्ग स्वरोजगार कर्जा शीर्षकमा १ करोड ५५ लाख रुपैयाँबरबारको कर्जा स्वीकृत भएको हो।

समग्रमा जेठ मसान्तसम्म बाणिज्य बैंकहरूले १ खर्ब ६६ अर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जा स्वीकृत गर्दा विकास बैंकहरूले २४ अर्ब, फाइनान्स कम्पनीहरूले २ अर्ब ९२ करोड र लघुवित्त कम्पनीहरूले ६ करोड ९९ लाख रुपैयाँ बजारबरको कर्जा स्वीकृत गरेका हुन् ।

आव २०८०र८१ मा बैंक तथा वित्तीय संस्थाहरूबाट ११ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने लक्ष्य राखिएकोमा जेठ मसान्तसम्म ५।१ प्रतिशतमात्रै कर्जा प्रवाह भएको हो । खुम्चिदो कर्जा प्रवाहको असर सहुलियतपूर्ण कर्जा प्रवाहमा पनि देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group