ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचासँगै गाजामा घातक हमला


एबीसी न्यूज
२ श्रावण २०८१, बुधबार   ४ : २५   बजे

काठमाडौं २ साउन । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले घोषणा गरेको युद्धविराम योजनाको आशा पछि हमासमाथि दबाब बढाउने वाचा गरेसँगै इजरायलले बुधबार गाजामा पुनः हवाई आक्रमण गर्‍यो ।

हमासका राजनीतिक नेता इस्माइल हानियाहले इजरायलले युद्धको अन्त्य गर्न नचाहेको कारण युद्धविराम र बन्धक मुक्तिका लागि वार्तालाई जानाजान कमजोर पारेको आरोप लगाउनुभयो ।

इजरायली सेनाले २४ घण्टामा सैन्य संरचना, आतङ्कवादी पूर्वाधार, आतङ्कवादी कोष र संरचनाहरू लाई लक्षित गरी २५ वटा आक्रमण गरेको जनाएको छ ।

सेनाले दक्षिणी गाजा सहर रफाह वरपर गुप्तचरमा आधारित गतिविधि पनि जारी राखेको जनाएको छ ।

बारम्बार हमासलाई नष्ट गर्ने वाचा गरेका नेतान्याहूले मङ्गलबार इजरायल दबाबमा परेको भए पनि उग्रवादीहरू विरुद्धको इजरायली अभियानमा कुनै कमी नहुने कुरामा जोड दिनुभएको छ ।

उहाँले यो समय दबाब अझ बढाउने, सबै बन्धकहरू–जीवित र मृत–घर ल्याउने र युद्धका सबै उद्देश्यहरू प्राप्त गर्ने समय भएको बताउनुभयो ।

गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली आक्रमणमा अधिकांश महिला र बालबालिकासहित ५२ जना मारिएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यालय ओसिएइचएले मङ्गलबार गाजामा धेरै पटक आक्रमण गर्दा दर्जनौँको ज्यान जानुका साथै कयौँ घाइते भएको जनाएको छ ।

यस क्षेत्रको नागरिक सुरक्षा एजेन्सीले मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा भएको तीन आक्रमणमा ३० जनाको मृत्यु भएको जनाएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu