ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति दौडबाट बाइडेन पछि हटे, कमलालाई अघि सारे (पत्रसहित)


एबीसी न्यूज
७ श्रावण २०८१, सोमबार   ६ : ३१   बजे

 

 

काठमाडौँ ७ साउन। अमेरिकी राष्ट्रपति जो बाइडेन दोस्रो कार्यकालका लागि चुनावी दौडबाट उनकै पार्टीभित्रको चर्को दबावपछि पछि हटेका छन् । बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको उमेद्वार नबन्ने घोषणा गरेका छन् । उनले राष्ट्रपति चुनावको उम्मेदवारमा आफ्नै पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन् ।

बाइडेनले अमेरिकी नागरिकलाई सम्बोधन गर्दै एक्समार्फत जारी गरेको विज्ञप्तिमा आगामी नोभेम्बरमा हुने निर्वाचनको दौडबाट आफू पछि हटेको जानकारी दिएका हुन् । ‘राष्ट्रपतिका रूपमा तपाईंहरूको सेवा गर्न पाउनु मेरा लागि सबैभन्दा ठूलो सम्मान हो । मेरो पुनर्निर्वाचित हुने चाहना हुँदाहुँदै पनि म चुनावी प्रतिस्पर्धाबाट पछि हटेर बाँकी कार्यकालको जिम्मेवारी केन्द्रित हुनु पार्टी र देशको हितमा हुने मलाई विश्वास छ,’ बाइडेनले भनेका छन् ।

A photo of President Joe Biden and Vice President Kamala Harris

साथै उनले आफ्नो साढे तीन वर्षको कार्यकालमा मुलुकले उल्लेख्य प्रगति गरेको दाबीसमेत गरेका छन् । त्यस्तै बाइडेनले कोभिड महामारी र त्यसका कारण सिर्जित आर्थिक संकटबाट मुलुकलाई बाहिर ल्याएको र लोकतन्त्रको रक्षा गरेको समेत उल्लेख गरेका छन् । उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिसलाई पूर्ण रूपमा समर्थनसहित सहयोग गर्ने उल्लेख गरेका छन् ।

‘२०२० मा उपराष्ट्रपतिको उम्मेदवारमा कमला ह्यारिसलाई पार्टीका तर्फबाट छनोट गर्ने मेरो जीवनकै उत्कृष्ट निर्णय थियो, आज फेरि म उनलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा पूर्ण सहयोग र समर्थनसहित अनुमोदन गर्छु ।’ डेमोक्रेटिक पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनले ह्यारिसको उम्मेदवारी अनुमोदन गर्नेछ ।

८१ वर्षीय बाइडेन हाल कोभिड संक्रमणको उपचार गराइरहेका छन् । बाइडेनको उमेर र स्वास्थ्यलाई लिएर स्वयं उनकै पार्टीभित्र पनि प्रश्न उठ्दै आएको थियो । उनले आफ्नो निर्णयबारे जानकारी दिन आउने साता राष्ट्रका नाममा सम्बोधन गर्नेसमेत जनाएका छन् ।

Page 1 of 1

राष्ट्रपतिका अर्का उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्पसँगका दुई वटा चुनावी बहसमा फितलो प्रस्तुति दिएको भन्दै डेमोक्रेटिक पार्टीभित्रै चर्को आलोचना भएको थियो । ती चुनावी बहसपछि पार्टीभित्र राष्ट्रपतिको उम्मेदवारमा विकल्प खोज्नुपर्ने माग सुरु भएको थियो ।

अमेरिकामा बहालवाला राष्ट्रपतिले दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नउत्रिएको यो दोस्रो पटक हो । यसअघि सन् १९६८ मा लिन्डन जोनसनले पनि दोस्रो कार्यकालका लागि चुनावमा भाग लिएका थिएनन् ।

पूर्वराष्ट्रपति ट्रम्पले त बाइडेनप्रति तिखो आलोचना गर्दै आएका छन् । बाइडेनको चुनावी दौडबाट पछि हट्ने निर्णय सार्वजनिक भएलगत्तै ट्रम्पले अमेरिकी सञ्चार संस्था सीएनएनलाई प्रतिक्रिया दिँदै बाइडेनलाई अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा दिएका छन् ।

गत साता पेन्सलभेनिया राज्यमा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट उनको कानमा चोट लागेको थियो । विभिन्न सर्वेक्षणले राष्ट्रपतिको दौडमा ट्रम्पलाई बाइडेनको तुलनामा निकै अगाडि देखाएका थिए । पेन्सलभेनिया घटनापछि सर्वेक्षणहरूले ट्रम्पलाई थप बलियो देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group