ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली सरकारबाट बाहिरियो माओवादी


एबीसी न्यूज
७ श्रावण २०८१, सोमबार   १२ : १५   बजे

काठमाडौं ७ साउन ।  कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र सत्तारोहण भएको तीन महिना नपुग्दै बाहिरिएको छ । गत वैशाख १८ गते नेकपा ९एमाले० नेता यामलाल कँडेल नेतृत्वमा कर्णाली सरकारमा माओवादी केन्द्रबाट सहभागी चार जना मन्त्रीले ७९ दिनपछि सोमबार राजीनामा दिएर बाहिरिनुभएको हो ।

माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, ऊर्जा विकास तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत सहभागी हुनुहुन्थ्यो ।

सोमबार उहाँहरुले संयुक्त पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको घोषणा गर्नुभयो ।

पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा आफूहरु पार्टीबाट सहभागी भएको तर अहिले केन्द्रीय राजनीतिमा आएको फेरबदलले आफूहरु बाहिरिनुपरेको प्रष्ट्याउनुभयो । उहाँले आफूहरु छोटो समयसम्म भए पनि प्रदेश सरकारमा सहभागी हुँदा निकै महत्त्वपूर्ण काम गर्न सफल भएको दाबी गर्नुहुँदै उहाँले आर्थिक वर्ष २०८१र०८२ को बजेट निर्माण गर्न सफल भएको जिकिर गर्नुभयो ।

उहाँले यो अवधिमा विगतमा धेरै बजेट अबण्डा राख्ने प्रचलन रहेकोमा त्यसलाई कमी ल्याएको, असारे विकास रोक्नमा पहल गरेको र बजेट पास गरेको जस्ता महत्त्वपूर्ण काम भएको दाबी गर्नुभयो । आगामी दिनमा योजना बैंक निर्माण गरेर काम गर्ने, आन्तरिक आम्दानी बढाउने योजनाहरु ल्याउनुपर्ने सुझाव समेत उहाँले दिनुभयो । साथै आगामी दिनमा माओवादी केन्द्रले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने पनि उहाँले जनाउनुभयो ।

माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि र पार्टीले समर्थन फिर्ता लिएपछि अब गठबन्धनमा सहभागी नेपाली कांग्रेस भित्रिने छ । मुख्यमन्त्री कँडेलले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका १३ प्रदेशसभा सदस्य छन् । कांग्रेसका १४ जना छन् भने एमालेका सभामुखसहित १० प्रदेशसभा सदस्य छन् । यस्तै राप्रपाका एक र नेकपा समाजवादीका एक प्रदेशसभा सदस्य छन् । कर्णाली प्रदेशसभा कुल ४० सीट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu