ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुबई प्रहरीद्वारा श्रीदेवीको मृत्युको केस बन्द, शव भारत ल्याउने तयारी


admin
१५ फाल्गुन २०७४, मंगलबार   ६ : २६   बजे

काठमाडौँ, १५ फागुन । दुबई प्रहरीले बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उनको परिवारलाई हस्तान्तरण गर्दै उनको मृत्युको केस बन्द गरेको छ।

प्रहरीका अनुसार गत शनिवार चवन्न वर्षीया श्रीदेवीको मृत्यु अचेत भएपछि दुर्घटनावश डुबेरु भएको थियो।

उनलाई दुबईस्थित आफू बसेको एउटा होटलको बाथटबमा भेटिएको थियो।

यसअघि उनको मृत्युको कारण (कार्डिएक अरेस्टु अर्थात् ) मुटुको चाल बन्द हुनुु भएको बताइएको थियो।

सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उनको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ।

अन्त्येष्टिपूर्व उनलाई श्रद्धाञ्जलि दिन मानिसहरू श्रीदेवीको मुम्बईस्थित घरबाहिर भेला भएका छन्।
आफन्तको वैवाहिक कार्यक्रममा भाग लिन उनी सपरिवार दुबई गएकी थिइन्।

शवपरीक्षणको विवरण नआउँदासम्म दुबई प्रहरीले श्रीदेवीको शव राखेको थियो।

अभियोजनकर्ताहरूका अनुसार उनको मृत्युको परिस्थितिसँग सम्बन्धित विस्तृत अनुसन्धान सम्पन्न भएको छ।
तर शवपरीक्षणको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन।

त्यसले प्रारम्भिक विवरणमा भनिएको कार्डिएक अरेस्ट र पछि भनिएको दुर्घटनावश डुबेर मृत्यु भएकोमा केही सम्बन्ध भए त्यसलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

श्रीदेवीले पाँच दशको अवधिमा झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्।

कुनै अभिनेताको सहयोगविनै चलचित्रलाई सफल बनाउने क्षमता भएकी अभिनेत्रीका रूपमा उनलाई लिइन्थ्यो।

सन् २०१३ मा भारत सरकारले उनलाई देशकै चौथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरेको थियो ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group