ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रत्यक्षदर्शी भन्छन् : जहाज कन्टेनरमा ठोक्किएर दुई टुक्रा भयो


एबीसी न्यूज
९ श्रावण २०८१, बुधबार   ३ : ५१   बजे

काठमाडौं ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका प्रत्यक्षदर्शीहरूले विमानस्थल परिसर भित्रको कन्टेनरमा बजारिएर दुई टुक्रा भएको र आगो लागेको बताएका छन् ।

जहाज ठोक्किएपछि मानिसहरू छरिएका थिए । जहाज भुइँमा बजारिएपछि धुवाँको मुस्लो उठेको र त्यसको केही क्षणमा आगो दन्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।

पेप्सीकोला क्षेत्रमा मोटर ग्यारेजमा कार्यरत कृष्ण थापाले भने, ‘एक्कासी ड्याङ्ग आवाज आयो अनि माथिबाट कन्टेनर लड्यो । भित्तोमा प्लेन ठोक्किएर तल चौरमा बजारियो ।’

त्यो घटना भएको १५–२० सेकेण्डभित्रै विमानस्थल तारबार गरिएको ठाउँसम्म पुगेर हेरेको बताउने थापाले पहिले धुवाँ उठेको र पछि आगो लागेको बताए ।

डाँडामाथितिर तुरुन्तै दमकल र एम्बुलेन्स आएर उद्धार गरे पनि त्योभन्दा तलतिर भने ढिलो मात्रै उद्धार भएको उनको भनाइ छ । ‘यतातिर दमकल घुमेर आउने क्रममा अलि ढिलै भयो,’ उनले भने, ‘प्लेन जलेर ध्वस्त भइसकेपछि मात्रै दमकल आयो ।’

काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज आज बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र भित्रको पूर्वी भागमा दुर्घटना भएको थियो ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ भने एकजना घाइते छन् । घाइते हुनेमा क्याप्टेन मनिष शाक्य छन् । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

विमानस्थल स्रोतका अनुसार उक्त जहाजमा एयरलाइन्सका कर्मचारी र कर्मचारीका परिवारका सदस्य थिए । मृत्यु हुनेमा विमानका चार जना व्यवस्थापक छन् । जहाज पोखरामा मर्मतका लागि लगिँदै थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu