ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशको आन्दोलनका कारण रोकियो विद्युत् खरिद-बिक्री सम्झौता


एबीसी न्यूज
१० श्रावण २०८१, बिहिबार   १२ : ३७   बजे

काठमाडौं १० साउन । बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता रोकिएको छ । बङ्गलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि सम्झौता रोकिएको हो ।

यसअघि यही साउन १३ गतेका लागि सम्झौता समय तोकिएको थियो । बङ्गलादेशबाट र भारतबाट समेत प्रतिनिधि काठमाडौँ आएर नेपालसहित त्रिपक्षीय सम्झौताको समय तय भएको थियो । तर, बङ्गलादेशमा भएको हिंसात्मक आन्दोलनका कारण तत्काललाई रोकिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बङ्गलादेशले नेपाललाई सम्झौता समय स्थगित गर्न पत्र पठाएको बताए । बङ्गलादेश सरकारले आरक्षणको व्यवस्था लागू गरेपछि विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

सो आन्दोलनमा डेढसय जनाभन्दा बढीले ज्यान गुमाएका छन् । यस्तै शुक्रबारदेखि लागू देशव्यापी ‘कफ्र्यू’ समेत हटेको छ । सर्वोच्च अदालतले विद्यार्थीको पक्षमा घोषणा गर्दै आरक्षण व्यवस्था हटाएसँगै स्थिति साम्यतर्फ गइरहेको छ ।

नेपाल र बङ्गलादेश लामो समयदेखि विद्युत् खरिद बिक्री सम्झौता गर्न चाहिरहेका छन् । बङ्गलादेश यतिबेला विद्युत्मा भारतसँग मात्रै निर्भर छ । यो निर्भरतालाई केहीहदसम्म कम गर्ने योजना बङ्गलादेशको छ । यस्तै नेपालले समेत आफ्नो सबै विद्युत् भारतीय बजारमा बिक्री गर्दै आइरहेको छ ।

यो परनिर्भरतालाई न्यून गर्ने चाहनासहित बङ्गलादेशमा विद्युत् निर्यातको ढोका खोल्न नेपाल पनि लालायित छ । यसका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले भारतीय सहमति आवश्यक छ । तर साउन १३ गतेलाई तय भएको पूर्वनिर्धारित समय सरेको छ ।

नेपाल र बङ्गलादेशबिच हुने सम्झौतापछि भारतीय प्रसारणलाईको प्रयोगबाट बिजुली किनबेच हुनेछ । भारतीय प्रसारणलाई प्रयोगबापत तोकिएको रकम तिरेर बङ्गलादेश बिजुली पुग्नेछ । काठमाडौँमा हुने भनिएको बैठकले प्रसारणलाईको रकम र तोकिएको रकम कसले तिर्ने भन्ने तय हुन्थ्यो ।

बङ्गलादेशले पठाएको पत्रमा अर्को बैठक कहिले बस्ने भन्ने बारे उल्लेख छैन । यद्यपि, देशको आन्तरिक मामिला सुल्झिएपछि बैठक गर्नेगरी प्रतिबद्धता आएको छ । नेपालसँग बिजुली किन्नका लागि बङ्गलादेशको मन्त्रीपरिषद् बैठकले निर्णय नै गरिसकेको छ ।

यस्तै आशयपत्र पनि आइसकेको छ । यसबाहेक बङ्गलादेशले नेपालबाट लैजाने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० सेन्ट हुन आउँछ । यो ८ रुपैयाँ हाराहारी हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group