ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायनाडाका पहिरो पीडितलाई चिरञ्जीवी र रामचरणद्वारा १ करोड आर्थिक सहयोग


एबीसी न्यूज
२१ श्रावण २०८१, सोमबार   १२ : ३५   बजे

काठमाडौं २१ साउन ।   केरलाको वायनाडमा जुलाई २९ मा भारी वर्षापछि आएको पहिरोमा परी हालसम्म ३६५ जनाको मृत्यु भएको छ। दुर्घटनापछि २०६ जना अझै बेपत्ता छन्, जसको खोजीकार्य जारी छ।

यसैबीच, दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र रामचरणले पनि केरलाको मुख्यमन्त्री राहत कोषमा पीडितलाई सहयोग गरेका छन्। उनीहरुले पीडितलाई १ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

चिरञ्जीवीले एक्समार्फत रामचरण र आफूले केरलाको मुख्यमन्त्री राहत कोषमा पीडितहरूलाई सहयोग गर्न १ करोड रुपैयाँ दिने निर्णय गरेको उल्लेख गरेका छन्।

दक्षिणी अभिनेता तथा केरलाको १२२ टेरिटोरियल आर्मीका लेफ्टिनेन्ट कर्णेल मोहनलालले उद्धारमा संलग्न सेनालाई भेटेका छन्। उनले पहिरो प्रभावित क्षेत्र पुगेका थिए। बर्दीमा आएका मोहनलालले पीडितका लागि तीन करोड रुपैयाँ सहयोग घोषणा गरे।

अभिनेत्री ज्योतिका, कार्ती र सूर्याले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रश्मिका मन्दानाले १० लाख रुपैयाँ दान गरेकी छन्। मलयालम अभिनेता फहद फासिलले पीडितलाई २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

फहदसहित ‘पोन्नियान सेल्वन पार्ट १’ र ‘रावण’ जस्ता फिल्ममा काम गरिसकेका तमिल स्टार विक्रमले २० लाख रुपैयाँ दान गरेका छन्। मलयालम अभिनेता मामुट्टी र उनका छोरा दुल्कर सलमानले राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group