ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवधिक निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ : गृहमन्त्री


एबीसी न्यूज
२२ श्रावण २०८१, मंगलबार   २ : ४७   बजे

काठमाडौं २२ साउन । गृहमन्त्री रमेश लेखकले आवधिक निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ रहेको बताउनुभएको छ ।

गृहमन्त्री लेखकसँग निर्वाचन आयोगले मङ्गलबार आयोगसँग सम्बन्धित विषयहरुमा महत्त्वपूर्ण छलफल गरेको छ । उक्त छलफलमा गृहमन्त्री लेखकले सो कुरा बताउनुभएको हो ।

उक्त कार्यक्रममा गृहमन्त्रीसमक्ष निर्वाचन आयोग, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दलसम्बन्धी एने, २०७३ को संशोधनका विषयमा छलफल भएको आयोगका सहसचिव एवम् प्रवक्ता रघुराम बिष्टले जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकले कार्यक्रममा आवधिक निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ रहेको र आयोगको पारदर्शी, स्वच्छ, स्तन्त्रत, निष्पक्ष र विश्वसनीय निर्वाचन सञ्चालन र व्यवस्थापनमा कुलतापूर्वक भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभयो ।

यसका साथै निर्वाचन आयोगको भवन लगायतका पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

यसैगरी, प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरूको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवम् स्वायत्त आयोगको दायित्वका बारेमा प्रष्ट पार्नुभयो । साथै उहाँले निर्वाचन आयोगको कार्यालय भवनको पुनर्निर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानुन र सोमा भएका नयाँ व्यवस्था तथा  राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बारेमा प्रष्ट पार्नुभयो ।

उक्त कार्यक्रममा निर्वाचन आयोगका आयुक्तहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृह मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu